चौथो वरियाताकी केनिन फ्रेन्च ओपनको तेस्रो चरणमा 

पेरिस, (खेलाडी)- चौथो वरियाताप्राप्त सोफिया केनिनले अमेरिकाकी हेली बाप्टिस्टलाई ७-५, ६-३ को सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन् । 

गतवर्ष फाइनलमा हारेकी अमेरिकाकी केनिनले अब आफ्नै देशकी जेसिका पेगुलाविरुद्ध खेल्नेछिन् । २८औं वरियाताकी पेगुलाले चेक गणतन्त्रकी टेरेजा मार्टिनकोभालाई ६-३, ६-३ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।