विश्‍व नम्बर एक जोकोभिचको सहज जित

पेरिस, (खेलाडी)– शीर्ष वरियाताका नोभाक जोकोभिचले अमेरिकाका टेननी सान्डग्रेनलाई ३–० को सेटमा सहजै पराजित गर्दै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन् । 

२०१६ को विजेता जोकोभिचले ६६औं वरियाताका सान्डग्रेनलाई ६–२, ६–४, ६–२ को सेटमा हराएका हुन् । १८ ग्राण्ड स्लामको उपाधि जितिसकेका जोकोभिच गत वर्ष राफेल नाडालसँग पराजित भएका थिए । 

‘लाइटमा खेल्दा अनौठो महशुस भयो। साच्चै भन्नुपर्दा एकदम उज्यालो थियो,’ जोकोभिचले भने, ‘पहिलो सेटपछि उनले राम्रो खेल्दै गए । तर मैले जुन टेनिस खेल्न सके त्यसमा खुशी छु ।’