ओसाका र साबालेन्का फ्रेन्च ओपनको दोस्रो चरणमा

पेरिस, जेठ १७ (खेलाडी)– तेस्रो वरियाताप्राप्त एरिना साबालेन्काले क्रोएसिायाकी एना कोन्जुलाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन् । बेलारुसकी साबालेन्काले प्रतियोगिताको आफ्नो पहिलो खेलमा ६–४, ६–३ को जित हासिल गरेकी थिइन । साबालेन्काले अब आफ्नै देशकी एलियासान्द्रा सासचोभिचविरुद्ध खेल्नेछिन्।


जापानकी नाओमी ओसाकाले रोमानियाकी प्यट्रिसिया मारिया टिगलाई सोझो सेटमा हराउँदै फ्रोन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन् । दोस्रो वरियाताकी ओसाकाले ६३औं वरियाताकी मारिया टिगलाई ६–४, ७–६ (७÷४) को सेटमा हराएकी हुन् । ओसाकाले अब रोमानियाकी अना बोगडानविरुद्ध खेल्नेछिन् । बोगडानले इटालीकी एलिजाबेट्टा सोसियारेट्टोलाई ६–१, ६–३ को सेटमा पराजित गरेकी थिइन् । 
 

बेलारुसकी भिक्टोरिया अजारेन्काले २००९ की विजेता स्येतलाना कुज्नेत्सोभालाई ६–४, २–६, ६–३ ले हराइन् । गत वर्ष क्वार्टरफाइनल खेलेकी ड्यानिल कोलिनले चीनकी वाङ जियुलाई २–१ को सेटमा हराइन् ।


पेत्रा भिटोभाले बेल्जियमकी ग्रिट मिनेनलाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन् । ११औं वरियाताप्राप्त चेक गणतन्त्रकी भिटाभाले ६–७(३÷७), ७–६(७÷५), ६–१ को सेटमा जितेकी हुन् । उनले अब एनिला भेस्निनाविरुद्ध खेल्नेछिन् । भेस्निनाले ओल्गा गोभोर्तसोभालाई हराएकी थिइन् । तीन पटककी ग्राण्ड स्लाम विजेता एन्जेलिक केर्बेर युक्रेनकी एनलेलिन कालिनिनासँग ६–२, ६–४ को सेटमा हारिन् ।