सञ्चारकर्मीलाई प्रतिक्रिया नदिए ओसाकामाथि प्रतिबन्ध लगाउने चेतावनी

पेरिस, जेठ १७ (खेलाडी)– निरन्तर सञ्चार माध्यममा बोल्न अस्विकार गरेको भन्दै फ्रेन्च ओपनसहित अन्य तीन ग्राण्ड स्लामका आयोजकले विश्व नम्बर २ नाओमी ओसाकालाई जारी प्रतियोगिताका साथै अन्य ग्राण्ड स्लामहरुबाट समेत निश्कासन गरिने चेतावनी दिएका छन् ।

ओसाकाले गत सता आफू मानसिक रुपमा फिट रहनका लागि भए पनि फेन्च ओपन दौरान सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिने बताएकी थिइन । आइतबार पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारियालाई पराजित गरेको खेलपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिएको भन्दै उनीमाथि १५ हजार अमेरिकी डलर जरिवाना गराइएको छ । ओसाका उक्त खेलमा ६–४, ७–६(७–४)ले विजयी भएकी थिइन् ।

युएस ओपन, फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डन गरि ४ वटै ग्राण्ड स्लामका आयोजकले संयुक्त विज्ञप्त्ती जारी गर्दै ओसाकाले बानी नसच्चाए थप जरिवाना गरिनुका साथै आगमी ग्राण्ड स्लामहरुमा प्रतिबन्ध समेत लगाउने चेतावनी दिएका हुन् ।

‘परिवर्तन केही मानिसका लागि असहज लाग्न सक्छ,’ ओसाकाले आइतबार ट्विट गर्दै आफ्नो निर्णयको बचाउ गर्ने प्रयास गरेकी थिइन ।

‘हामीले गत बुधबार ओासाकाको प्रतिक्रिया आएपछि त्यसलाई सच्चाएर अघि बढ्न पटक पटक आग्रह गर्दा समेत उनको अडान परिवर्तन भएन,’ ग्राण्ड स्लामका आयोजकहरुले जारी गरेको संयुक्त विज्ञप्त्तीमा भनिएको छ, ‘त्यसैले यस पटक सार्वजनिक रुपमै ओसाकालाई सञ्चा रमाध्यमलाई प्रतिक्रिया दिनका लागि आग्रह गरेका हांै । हाम्रो नियम अनुसार नै खेलाडीले खेलपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिनु पर्ने हुन्छ । यो नियम स्वयम खेलाडीलाई आफ्ना समर्थकसँग अझै नजिक ल्याउन फलदायी हुन्छ । सबै खेलाडीका लागि एउटै नियम हो ।’