फेडेररको उत्कृष्ट पुनरागमन

पेरिस, जेठ १८ (खेलाडी)– ग्राण्ड स्लाम टेनिसमा १६ महिनापछि पुनरागमन गरेका पूर्व विश्व नम्बर एक खेलाडी रोजर फेडेररले गए राति फ्रेन्च ओपनमा विजयी सुरुआत गरेका छन् । २०२० को अस्ट्रेलियन ओपनपछि पहिलो पटक ग्राण्ड स्लाम प्रतियोगिता खेल्ने क्रममा फेडेररले गए राति फ्रेन्च ओपनमा डेनिस स्तोमिनलाई ६–२, ६–४, ६–३ को सोझो सेटमा पराजित गरे । 

गतवर्ष फेडेररको दायाँ हातमा दुई पटक शल्यक्रिया गरिएको थियो । अगष्टमा ४० वर्ष लाग्ने फेडेररले २००९ मा फ्रेन्च ओपन जितेका थिए । २० वटा ग्राण्ड स्लाम उपाधि जितिसकेका फेडेररले फ्रेन्च ओपन एक पटक मात्र जितेका छन् । 

फेडेररले अब दोस्रो चरणमा क्रोएसियाका मारिन किलिचविरुद्ध खेल्नेछन् । किलिचले फ्रान्सका अर्थर रिन्डरलेचलाई ३–० को सोझो सेटमा हराउँदै फेडेररविरुद्धको दोस्रो चरण भिडन्त पक्का गरेका थिए ।