फ्रेन्च ओपनमा जोकोभिचलाई ऐतिहासिक सफलता 

पेरिस, (खेलाडी)- फ्रेन्च ओपनको सनसनीपूर्ण फाइनलमा स्टेफानोस सिट्सिपससँग सुरुमा दुई सेट गुमाउनाका बावजुद उत्कृष्ट पुनरागमनमा उपाधि हासिल गर्दै आइतबार राति नोभाक जोकोभिचले सबै ग्राण्ड स्लाम कम्तिमा दुई पटक जित्ने ऐतिहासिक खेलाडीका रुपमा आफ्नो नाम लेखाएका छन् ।

टेनिसमा ओपन प्रतियोगिताको युग सुरु भएपछि यस्तो सफलता हासिल गर्ने उनी पहिलो खेलाडी हुन भने समग्रमा सबै ग्राण्ड स्लाम कम्तिमा दुई पटक जित्ने तेस्रो खेलाडी हुन् । फ्रेन्च ओपनमा जोकोभिचले यसअघि २०१६ मा उपाधि जितेका थिए ।

रोलान्ड गारोसमा सिट्सिपसले सुरुका दुई सेटमा जित हासिल गरेर पहिलो ग्रिक च्याम्पियन बन्ने संकेत गरेका थिए । तर त्यसपछि जोकोभिचले अनुभव प्रयोग गर्दै लगातार तीन सेट जित्दै उपाधिमा कव्जा जमाएका थिए । 

विश्व नम्बर एक खेलाडी जोकोभिचले २०औं ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर राफेल नाडालपछि तेस्रो खेलाडीका रुपमा आफूलाई उभ्याउन आइतबार ६-७ (६/८), २-६, ६-३, ६-२, ६-४ को जित हासिल गरेका थिए ।