चैत्र १८, २०८२ बुधबार | १६:११:१८
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

पलेशा र लामा सम्मानित

काठमाडौं, (खेलाडी)- जापानमा भएको टोकियो पारा ओलम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले मंगलबार सम्मान गरेको छ । 

संघको आयोजनामा मंगलबार सम्पन्न १०औं कोरियन एम्बास्डर राष्ट्रिय खुला भर्चुअल पुम्से प्रतियोगिताको समापनका अवसरमा पलेशा र उनका प्रशिक्षक लामालाई संघले नगद पुरस्कारसहित सम्मान गरेको हो । लामाले पछिल्लो पाँच वर्षदेखि पलेशालाई प्रशिक्षण प्रदान गर्दै आएका थिए ।

संघले पलेसालाई ५० हजार तथा उनका प्रशिक्षक लामालाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो । पलेशाले जापानमा पारा ओलम्पिकमा दुई बाउट जितेकी थिइन ।