चैत्र ९, २०८२ सोमबार | १२:१६:१६
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

एक्‍वेटिक दिवसमा विभिन्‍न कार्यक्रम

काठमाडौं, (खेलाडी)- विश्‍व पौडी महासंघ (फिना)को आह्‍वानमा नेपाल पौडी संघले विभिन्‍न कार्यक्रम गरी विश्‍व एक्‍वेटिक दिवस मनाएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्‍न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

बिहीबार सातदोबाटोस्थित अन्तर्राष्‍ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्‍ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले राष्‍ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष बज्राचार्यले फिनाको झण्डा झण्डोत्तोलन गरेका थिए ।

विगतमा प्रतियोगिता आयोजना गरी एक्‍वेटिक दिवस मनाउने गरिएकोमा यसपाली भने कोभिड १९ महामारीका कारण थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले जानकारी गराए । कार्यक्रमका अवसरमा राष्‍ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

एक्‍वेटिक दिवसका अवसरमा शनिबार काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम गरिने छ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुने छ । आइतबार नेपालगन्जमा कार्यक्रम हुने बताइएको छ ।

त्यसअघि सदस्यसचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरेका थिए । पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको थियो । जिम हलमा करिव २० लाख रुपैयाँ बराबरका व्यायाम सामाग्री राखिएको संघले जानकारी गराएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो