चैत्र ५, २०८२ बिहीबार | १०:४१:१६
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

मेयर कप कराँतेमा रोशन र बुद्धलाई स्वर्ण पदक

काठमाडौं, (खेलाडी)- रोशन खत्री र बुद्ध मोक्तानले प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन् ।

नेपाल सितोरियो कराँते संघको सहयोगमा शंखधर डोजोद्धारा आयोजित प्रतियोगितामा मन्थलीका रोशनले पुरुष ४५ केजी तथा बौद्ध डोजोका बुद्धले पुरुष ५० केजीमा स्वर्ण पदक हात पारे । 

मध्यपुर थिमी नगरपालिकाको बोडेमा रहेको कुमारी पार्टीमा आइतबार सुरु भएको दुई दिने प्रतियोगिताको फाइनलमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना र बद्धले एनएसकेका धनबहादुर सुनुवारलाई पराजित गरेका थिए । 

यसैगरी पुरुष एकल काँतामा नरहरिपुरका स्वर्णिम मानन्धरले स्वर्ण पदक जित्दा चन्द्रागिरीका सन्दीप राईले रजत पदक जिते । महिला एकल काँतामा पनि नरहरिपुर डोजोले नै स्वर्ण पदक जित्यो । नरहरिपुरकी सञ्जु देसारले स्वर्ण पदक जित्दा प्रयागपोखरीकी सुभद्रा थापाले रजत पदक जितिन् ।

पुरुष ३० केजी तौल समूहको फाइनलमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामालाई हराउँदै स्वर्ण पदक जित्दा ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले चागुनारायणका सेभेन श्रेष्ठलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

यसैगरी पुरुष ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई पराजित गर्दै स्वर्ण पदक हात पार्दा महिला ३० केजीको फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभुकी प्रमिला पाख्रिनलाई हराउँदै च्याम्पियन बनिन । 

मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडको प्रायोजनमा जारी प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेका स्टार मण्डेकाजी श्रेष्ठको संयोजकत्वमा जारी प्रतियोगितामा च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यसैगरी उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गर्ने प्रतियोगिताका संयोजक श्रेष्ठले खेलाडीलाई जानकारी गराए । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं