काठमाडौ । बंगलादेशमा हुने बिजी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले बुधबार बिदाई गरेका छन् । बिदाई कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो ।
बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय नेपाली टोली ढाका जानेछ ।
बंगलादेश जाने नेपाली टोलीको व्यवस्थापकमा रामकुमार श्रेष्ठ छन् भने प्रशिक्षकमा श्याम रोका, खेलाडीहरुमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ्ग (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ् (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् । यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ्ग र गणेश लाल श्रेष्ठ रहेका छन् ।
मुजिबको सयौं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको च्याम्पियनसिप डिसेम्बर २७ देखि २९ सम्म हुनेछ ।