काठमाडौं । नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघको आयोजनामा खुल्ला पुरुष तथा महिला ‘प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता–२०७८’ हुने भएको छ ।
प्रतियोगिता कार्तिक ११ गतेदेखी १३ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा संचालन हुनेछ ।
प्रतियोगिताको पुरुष खुल्लामा ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजीमुनी गरि कुल आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी महिला खुल्लातर्फ ४५ केजीमुनीको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सात प्रदेशबाट महिला र पुरुष गरी दुई सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक तौल समूहको प्रथम स्थानमा रहने खेलाडीले नगद पाँच हजार रुपैयासहित एक तोला सुनको मेडल पाउने छ ।
यस्तै दोस्रो स्थानमा रहने खेलाडीले नगद तीन हजार रुपैया सहित पाँच तोला चाँदीको मेडल र तेस्रो स्थानमा रहने खेलाडीले नगद एक हजार पाँच सय रुपैया पाउने छ ।