एथ्लेटिक्स

युथ एथ्लेटिक्स मंसिर २० र २१ गते

काठमाडौं । एथ्लेटिक्स परिवार नेपालको आयोजनामा मंसिर २० गते  युथ एथ्लेटिक्स च्याम्पियनसिप हुने भएको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा हुने च्याम्पियनसिप मंसिर २० र २१ गरि दुई दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा छात्र तथा छात्रातर्फ यु-१६ र यु-२० तर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालय, कलेज र निकायका दुई सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने एथ्लेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाए ।

‘प्रतियोगितामा बंगलादेशबाट समेत खेलाडी सहभागि हुनेछन्’, खत्रीले भने, ‘बंगलादेशबाट पाँच महिला र सात पुरुष गरि कुल १२ खेलाडीको सहभागिता रहनेछ ।'