१० किलोमिटर दौड

माघ १५ मा केटीएम १० किलोमिटर दौड

काठमाडौं । केटीएम सिटीको आयोजनामा माघ १५ गते केटीएम १० किलोमिटर  दौड हुने भएको छ । 

सो दौड काठमाडौंको दरबारमार्गबाट सुरु भई भद्रकाली, सिंहदरबार,माइतीघर,बानेश्वर पुगेर पुनः माइतिघर,थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्क, जमल हुँदै दरबारमार्ग पुगेर समापन हुनेछ । 

प्रतियोगितामा पुरुष र महिला गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेताले एक लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै दोस्रो स्थानका खेलाडीले ५० हजार रुपैयाँ, तेस्रो स्थानका खेलाडीले ३० हजार रुपैयाँ, चौथो स्थानका खेलाडीले २० हजार रुपैयाँ, पाँचौ स्थानका खेलाडीले १० हजार रुपैयाँ र छैटौ स्थानका खेलाडीले पाँच हजार रुपैयाँ हात पार्नेछन् । 

सातौं देखी १० औं स्थान सम्मका खेलाडीले गिफ्ट भौचर प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने खेलाडीको दर्ता पुस २९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको आयोजकले जनाएको छ ।