बंगबन्धु शेख मुजीव बन्धु म्याराथन

एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने ‘बंगबन्धु शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कार्यक्रमकाबीच खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन् ।

खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा जितको अग्रिम शुभकामना दिँदै मन्त्री अथकले पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताए ।

‘हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ,’ उनले भने ।

नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङका अनुसार पौष २६ गते हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुनेछ । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेको हो ।