झिल्टुङ क्रसकन्ट्री दौड

झिल्टुङ क्रसकन्ट्री माघ आठ गते

काठमाडौं । झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण नुवाकोटको बेलकोटगढीमा माघ आठ गते आयोजना हुने भएको छ ।

आठ गते बिहान १० बजे हुने प्रतियोगिता नुवाकोटको बेलकोटडढी, कोल्युटारबाट सुरु भई बेलिनी, छाप, राजओडर, खड्गाछाप, सालचौर हुदै कोल्युटारमै आई समाप्त हुनेछ । दाैडकाे १३.४ किलोमिटर कच्ची, ४.५ किलोमिटर उकालाे, दुई किलाेमिटर समथर र बाँकी ओरालो रहेको छ ।

प्रतियोगितामा १३.५ किलोमिटरको खुल्ला पुरुष र महिला, १३.५ किलोमिटर खुल्ला पुरुष स्थानिय, ४.५ किलोमिटर खुल्ला १६ वर्षमुनि छात्र र छात्रा, ४.५ किलोमिटर १६ वर्षमुनि पुरुष, महिला स्थानिय, ४.५ किलोमिटर ४५ वर्षमाथि पुरुष, १३.५ किलोमिटर भेट्रान खुल्ला र स्थानिय तीन तीन जना आमा समूहको रिले दौडगरि ६ इभेन्ट सञ्चालन हुनेछ ।

खुल्ला महिला तथा पुरुषको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले पाँच हजार प्राप्त गर्नेछन् । खुल्ला महिला तथा पुरुष स्थानियका विजेताले १० हजार दोस्रोले सात हजार र तेस्रोले पाँच हजार पाउनेछन् ।

खुल्ला जुनियर छात्र, छात्रातर्फ र सोही स्पर्धाको स्थानियतर्फका पहिलो हुनेले समान ६ हजार, द्दितियले चार र तृतियले दुई हजार प्राप्त गर्नेछन् ।

४५ वर्षमाथीको स्थानिय स्पर्धाको विजेताले ६ हजार, द्दितियले चार र तृतियले दुई हजार पाउनेछन् । यस्तै भेट्रासतर्फ पहिलो हुनेले आठ, दोस्रोले ६ र तेस्रोले चार हजार प्राप्त गर्नेछन् ।

स्थानिय तीन तीन जना आमा समूहको रिले दौडका विजेताले १२ हजार, द्दितियले नौ हजार र तृतियले ६ हजार पाउने आयोजकले जनाएको छ ।

सबै स्पर्धाका विजेताले नगदसँगै पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।