विन्टर हाफ म्याराथन

विन्टर हाफ म्याराथन यसै महिना

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन यसै महिनाको अन्तिममा हुने भएको छ ।

नेपाल एथलेटिक्स संघको समन्वयमा कात्तिक २७ गते  हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा तीन फरक प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ खुला, सिन्धुपाल्चोकका स्थानीय तथा भेट्रान ४५ वर्षमाथि उमेर समूहमा दौड हुने छ ।

खुलामा शीर्ष पाँच स्थान हासिल गर्ने महिला र पुरुष दुवै तर्फका खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । स्थानीयतर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउनेछन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले आठ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुलिस, सेना र एपिएफकासहित विभिन्न जिल्लाका गरी कुल एक सय ५५ खेलाडीको सहभागिता आयोजकले अपेक्षा गरेको छ ।