दक्षिण अफ्रिकाको ओलम्पिक फुटबल टोलीका दुईमा कोभिड संक्रमण

टोकियो, (खेलाडी)- टोकियोको ओलम्पिक भिलेजमा पछिल्लो केही दिनदेखि बसिरहेको दक्षिण अफ्रिकी पुरुष फुटबल टिमका दुई सदस्यमा कोभिड १९ संक्रमण पुष्‍टी भएको छ । 

टोकियो ओलम्पिक भिलेजमा पुगिसकेकालाई कोभिड १९ संक्रमण पुष्‍टी भएको यो पहिलो घटना हो । 

कोभिड १९ महामारीका कारण एक वर्ष स्थगित भएर यही शुक्रबार सुरु हुने तयारीमा रहेको ओलम्पिकका लागि जापानी आयोजकले कडा स्वास्थ्य मापदण्ड लागु गरेको छ । 

आयोजकहरुले दैनिक अपडेट सार्वजनिक गर्ने क्रममा आइतबार दक्षिण अफ्रिकी पुरुष फुटबल टोलीका दुई सदस्यमा संक्रमण पुष्‍टी भएको जनाएको थियो । 

दक्षिण अफ्रिकी फुटबल संघले आइतबारै ढिलो गरी विज्ञप्ति जारी गर्दै थाबिसो मोन्याने र कोमोहेलो माहलात्सीमा संक्रमण भएको जनाएको थियो । 

ओर्लान्डो पिरेट्सका राइट ब्याक मोन्याने र मोरोका स्वालोजका आक्रामक मिड्फिल्डर माहलात्सी र भिडियो एनालिस्ट मारियो माशा अब १४ दिनसम्म आइसोलेसनमा बस्‍ने दक्षिण अफ्रिकी फुटबल संघले जनाएको छ ।