नेपाल घोडचढी संघलाई एसियाली मान्यता

काठमाडौं, (खेलाडी)- नेपाल इक्‍वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ)ले एशियन इक्‍वेस्ट्रियन महासंघ (एइएफ)को अस्थायी सदस्यता प्राप्त गरेको छ ।

एइएफका क्रियासिल २८ देशको उपस्थितीमा बिहीबार सम्पन्‍न भर्चुअल साधारणसभाले नेपाल घोडचढी संघलाई अस्थायी सदस्यता दिने निर्णय गरेको थियो ।

साधारणसभाले नेपालसँगै दक्षिण एसियाको अर्को देश श्रीलंकालाई पनि अस्थायी सदस्यता प्रदान गरिएको थियो । अन्तर्राष्‍ट्रिय इक्‍वेस्ट्रियन महासंघ (एफआइआई)को महासभाले नेपाल घोडचढी संघलाई गत नोभेम्बरमा नै अस्थायी सदस्यता दिइसकेको थियो ।

नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले एइएफ र एफआइआईका प्रतिनिधिले निकट भविश्यमा नेपालको भ्रमण गरेर स्थायी सदस्यता दिने जानकारी गराएको बताएका छन् । 

‘कोभिड १९ को महामारीबाट मुक्ति पाउनेवित्तिकै अन्तर्राष्‍ट्रिय प्रतिनिधिहरुले नेपाल भ्रमण गर्नुहुनेछ । त्यसपछि हामीले स्थायी सदस्यता पाउनेछौं,’ राजकर्णिकारद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।