‘नेपाली खेल नेतृत्व जवाफदेही हुने कहिले’ 

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिक २०२० को तयारीमा गरिरहेका गोपिचन्द्र पार्कीलाई बुधबार बिहान १० बजे नचिनेको नम्बरबाट फोन आयो । पार्कीले फोन उठाए । नम्बर नचिने पनि फोनमा बोलेको आवाज भने उनका लागि परिचित थियो । फोन गर्ने व्यक्ति थिए, राष्‍ट्रिय टोली तयारी समितीका निर्देशक महेन्द्र कुमार राई । 

राष्‍ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबारबाट टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्‍न लागेको जानकारी गराउँदै राईले अत्यावश्यक लत्ताकपडा र अन्य सामाग्रीका साथ बेलुका ५ बजे भित्र सोल्टी होटल पुगिसक्न पार्कीलाई निर्देशन दिए । 

पाँच बजेपछि नेपाल ओपम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्‍ठ, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले ओलम्पिक तयारीवारे ब्रिफिङ गर्ने कार्यक्रमरहेको भन्दै राईले समयमै होटेलमा पुगिसक्न पार्कीलाई उर्दी जारी गरेका थिए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका पार्की ओलम्पिक सपना पूरा हुने संघारमा थिए । सशस्त्र प्रहरी बल (एपिएफ)का जागिरे उनले राईबाट पाएको निर्देशनवारे विभागमा जानकारी गराए । त्यसपछि उनी विभाग, प्रशिक्षक र सहकर्मीसँग विदा लिइ झोला कस्‍न जुटे ।

पार्कीमाथि यति ठूलो अन्याय गरिसकेपछि नेपाली खेलकुदका ‘ठेकेदार’हरुले फेरी उनलाई आस्वासनको बोझिलो भारी बोकाएका छन् । एथ्लेटिक्स संघका अध्यक्ष शाहले विश्‍व एथ्लेटिक्स च्याम्पियनसिप खेलाउने आस्वासन दिएका छन् भने एनओसी अध्यक्ष श्रेष्‍ठले पेरिस ओलम्पिक २०२४ का लागि पहिलो प्राथमिकतामा राख्‍ने ‘ललिपप’ दिएका छन् । यसैगरी राखेप सदस्यसचिव सिलवालले चिनमा हुने एसियाली खेलकुदमा सहभागिताका लागि पहल गरिनदिने मौखिक आस्वासन दिएका छन् । तर जवाफदेहिता नभएका खेल नेताका फोस्रा आस्वासनमा उनको विश्‍वास छैन । ‘नेपाली खेल नेतृत्व जवाफदेही हुने कहिले ?,’ उनी मनमनै प्रश्‍न गर्छन ।

तर करिव २ बजे उनलाई राईको नम्बरबाट फेरी फोन आयो । केही घण्टा अघि समयमै होटल पुग्‍न निर्देशन दिएका राईको स्वर अहिले फेरिएको थियो । ‘तिम्रो प्रशिक्षक तय भइनसकेकाले तत्काल होलटमा आउनु नपर्ने भयो । पछि तिमीलाई विस्तृतमा जानकारी गराइनेछ,’ राईले यसो भनिरहँदा पार्कीको ओलम्पिक सपना धर्मराएजस्तो भयो । मनमा चिसो पस्यो । तर यत्तिमै उनले आशा मारिसकेका भने थिएनन् । ‘सामान्य प्राविधिक गडबडी भएको होला । ओलम्पिक खेल्ने सपनामै त यसले के नै असर गर्ला र ?,’ पार्की यस्तै सोच्‍न थाले । 

तर मन ढुक्क हुन सकेन । केही घण्टाको फरकमा यस्तो दुईखाले सुचना त नआउनुपर्ने । राखेपका राष्‍ट्रिय टिम तयारी समितिका निर्देशकजस्ता जिम्मेवार व्यक्तिले विहान चाँही कुरै नबुझिकन फोन गरे होलान र ? अनि ओलम्पिकजस्तो विश्‍व खेलकुदकै सबभन्दा ठूलो मेलामा सहभागिता जनाउने विषयमा यस्तो हचुवाा तयारी होला र, जहाँ बन्द प्रशिक्षण राख्‍ने दिनसम्म पनि प्रशिक्षकको टुंगो नगरिएको होस । राखेप र एनओसीजस्ता ठूला संस्था यति हचुवा पारामा चलेका होलान र ? 

पार्कीको मनमा यस्तै कुरा खेलिरहयो । नखेलोस पनि कसरी केही सञ्‍चार माध्यमले एथ्लेटिक्स संघ हो की, एनओसी कुन्‍नी कस्को कमजोरीका कारण हो, पार्कीले ओलम्पिक खेल्न नपाउने आसयका समाचार प्रकाशित गरेका थिए । जसलाई उनले फगत अफवाह ठानेका थिए । अधिकारीहरुले पनि त्यस्ता खवरमा कुनै सत्यता नभएको भन्दै पार्कीलाई आश्‍वस्त पारेका थिए । तर अहिले राईबाट दोस्रो फोन आएपछि भने पार्कीको मन ढक्क भयो, ‘कतै मैले ओलम्पिक खेल्न नपाउने त होइन ?’

पार्कीले आफ्नो सपनाको हत्या भइसकेको जानकारी त पाए । तर उनी कस्को गल्तीको सजायँ पाउँदै थिए भन्‍ने विषयमा कसैले चुइक्क समेत बोलेनन् ।

‘मेरो ओलम्पिक सहभागिताबाट वञ्‍चित भएको भन्‍ने खबर आइरहेको थियो । मेरो सट्टा महिला १ सय मिटरमा सरस्वती चौधरी दौड्ने आसय समाचारमा थिए । तर सम्बन्धित निकायले यसको औपचारिक पुष्‍टी गरिसकेका थिएनन् । त्यसैले मैले अभ्यास रोकिँन । बिहीबार पनि सामान्य अभ्यास गरेँ, अन्य दिनजस्तो गर्न जोश हराइस्केको थियो,’ खेलाडी डटकमसँगको कुराकानीमा पार्कीले आफ्नो मनोदशा सुनाए, ‘बिहीबार म आफ्नो ओलम्पिक सहभागिताका बारेमा आइरहेको खवर सत्य हो की होइन भन्‍ने पत्ता लगाउन म एनओसी भवन सातदोबाटो पुगेँ । त्यहाँ पुगेपछि विश्‍व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्ट्याएको र त्यसका लागि सरस्वती चौधरीको नाम सिफारिस गरिसकेको थाहा भयो ।’

पार्कीले आफ्नो सपनाको हत्या भइसकेको जानकारी त पाए । तर उनी कस्को गल्तीको सजायँ पाउँदै थिए भन्‍ने विषयमा कसैले चुइक्क समेत बोलेनन् । ‘कस्को गत्तीको सजाय मैले भोग्‍नु परेको भन्‍ने जानकारी अहिले सम्म कसैले दिएको छैन,’ छट्पटाउँदै दशरथ रंगशालातिर बराल्लिइरहेका पार्कीले दुखेसो पोखे ।
 
पार्कीले आफू नेपाली ओलम्पिक टोलीको हिस्सा नभएको थाहा पाएको केहीबेरमै नेपाली खेलकुदका ‘ठेकेदार’हरु एनओसी अध्यक्ष श्रेष्‍ठ, राखेप सदस्यसचिव सिलवाल र एथ्लेटिक्स संघका अध्यक्ष शाहले संयुक्त रुपमा विज्ञप्त्ती जारी गरे । विज्ञप्त्तीमा विश्‍व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्ट्याएको र त्यसका लागि सरस्वती चौधरीको नाम सिफारिस गरिएको उल्लेख गरिएको छ । महासंघको प्राविधिक कमिटीले अन्तिम समयमा म्याराथनको सट्टा छोटो दूरीमा नाम पठाउन गत जुन २९ मा नेपाललाई पत्राचार गरेको उनीहरुको दाबी छ । 

कोरोना कहरकै बीच गत मंसिरमा नेपालगञ्‍जमा सम्पन्‍न म्याराथनमा प्रथम स्थान हात पार्दै गोपिचन्द्र टोकियो ओलम्पिक २०२० का लागि छनोट भएका थिए । एनओसी र एथ्लेटिक्स संघले नेपागञ्‍ज म्याराथनलाई ओलम्पिक छनोट प्रतियोगिताको रुपमा प्रचार गरेका थिए । त्यसको विजेता भएवापत गोपीचन्द्र टोकियो ओलम्पिक २०२० का लागि नेपालका निर्विवाद प्रतिनिधि बनेका थिए।

अन्तराष्‍ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले ओलम्पिकको महोत्सवमा सबै देशको सहभागिता गराउन एथ्लेटिक्स र पौडीमा युनिभर्सालिटी प्लेसका रुपमा कोटा दिने गरेको छ । अनिवार्य सहभागी हुनुपर्ने एथ्लेटिक्सको ‘युनिभर्सालिटी प्लेस’ मा गोपीचन्द्र पार्की नेपालबाट छनोट भएका थिए ।

‘म उनीहरुको आस्वासनमा ढुक्क छैन । उनीहरुले नै गराएको प्रतिस्पर्धाबाट छनोट हुँदा त खेल्नबाट वञ्‍चित गराइयो भने यस्ता आस्वासनले मेरो ओलम्पिक सपना पूरा हुने आधार कसरी पत्याउनु,’ उनले भने, ‘म त ज्युदो लाश भएको छु । विहान उठपछि मैले ऐनामा आफ्नो अनुहार हेर्न सकिरहेको छैन । को दोषी भनेर म भन्दिन । यसलाई कार्वाही गर्नुस भनेर पनि म भन्‍न सक्दिन । तर म अन्यायमा चाँही परेको छु । न्याय पाउने आशा पनि छैन ।’

उनी करिव ८ महिनादेखि हलचोकस्थित एपीएफको खेल मैदानमा प्रशिक्षण गरिरहेका थिए । 

‘म लज्‍जित छु । मसँग मेरो पीडा वर्णन गर्ने शव्द छैन,’ पार्कीले भने, ‘म ज्युदो लाश भएको छु । आफूले कुनै गल्ती नगरे पनि मैले जुन नियती भोग्‍नु पर्‍यो, त्यो अन्य खेलाडीले भोग्‍नु नपरोस । म प्रतियोगिता सुरु हुनु भन्दा २ साता अघि सहभागिताबाट बञ्‍चित भए । तर मेरो आवाज र पीडा बोलिदिने कोही भएन । मेरो संघका साथै एनओसी र राखेपले औपचारिकता पूरा गर्नु सिवाय अरु केही गरेका छैनन् ।’

पार्कीमाथि यति ठूलो अन्याय गरिसकेपछि नेपाली खेलकुदका ‘ठेकेदार’हरुले फेरी उनलाई आस्वासनको बोझिलो भारी बोकाएका छन् । एथ्लेटिक्स संघका अध्यक्ष शाहले विश्‍व एथ्लेटिक्स च्याम्पियनसिप खेलाउने आस्वासन दिएका छन् भने एनओसी अध्यक्ष श्रेष्‍ठले पेरिस ओलम्पिक २०२४ का लागि पहिलो प्राथमिकतामा राख्‍ने ‘ललिपप’ दिएका छन् । यसैगरी राखेप सदस्यसचिव सिलवालले चिनमा हुने एसियाली खेलकुदमा सहभागिताका लागि पहल गरिनदिने मौखिक आस्वासन दिएका छन् । तर जवाफदेहिता नभएका खेल नेताका फोस्रा आस्वासनमा उनको विश्‍वास छैन । ‘नेपाली खेल नेतृत्व जवाफदेही हुने कहिले ?,’ उनी मनमनै प्रश्‍न गर्छन ।

‘म उनीहरुको आस्वासनमा ढुक्क छैन । उनीहरुले नै गराएको प्रतिस्पर्धाबाट छनोट हुँदा त खेल्नबाट वञ्‍चित गराइयो भने यस्ता आस्वासनले मेरो ओलम्पिक सपना पूरा हुने आधार कसरी पत्याउनु,’ उनले भने, ‘म त ज्युदो लाश भएको छु । विहान उठपछि मैले ऐनामा आफ्नो अनुहार हेर्न सकिरहेको छैन । को दोषी भनेर म भन्दिन । यसलाई कार्वाही गर्नुस भनेर पनि म भन्‍न सक्दिन । तर म अन्यायमा चाँही परेको छु । न्याय पाउने आशा पनि छैन ।’