फ्रन्ट लाइनरलाई खेलकुद महासंघको सहयोग

काठमाडौं, (खेलाडी)- नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले ‘कोभिड नो भिड’ भन्‍ने नाराका साथ अगि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ । 

सोही अभियान अन्तर्गत फ्रन्ट लाइनमा रहेर काम गर्ने विभिन्‍न निकायलाई सहयोग गर्ने क्रममा महासंघले नेपाल प्रहरीका साथै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

महासंघका केन्द्रिय उपाध्यक्ष एवं ‘कोभिड नो भिड’ अभियानका केन्द्रिय संयोजक परशुराम बस्‍नेतको निर्देशनअनुरुप पत्रकार महासंघ झापा र रंगेली इलाका प्रहरी कार्यालय, उर्लाबारी इलाका प्रहरी कार्यालय र इटहरी इलाका प्रहरी कार्यालयलाई ८ हजार थान मास्क र ४ लिटर स्यानिटाइजर सहयोग गरेको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ  ।