माघ ३, २०८२ शनिबार | ००:१२:३६
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

नेपाल बुद्धिचाल महासंघ विघटनको माग

काठमाडौं । नेपाली राष्ट्रिय चेस खेलाडीले नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति अयोग्य भएको आरोप लगाउँदै विघटनको माग गरेका छन् ।

आइतबार राष्ट्रिय च्याम्पियन रुपेश जैशवाल, सुश्रूत दाहाल, पूर्व एमेच्यर च्याम्पियन आशिष फुयाल, पूर्व राष्ट्रिय तथा वर्तमान एमेच्यर च्याम्पियन  पुरुषोत्तम चौलागाईं र राष्ट्रिय खेलाडी तथा क्याडेट मास्टर सुश्रूत दाहालले संयुक्त पत्रकार सम्मलेन गर्दै वर्तमान कार्यसमिति पारदर्शी नभएको, समितिले अनधिकृत खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा लगेको र आर्थिक हिनामिना गरेको जनाउँदै कार्यसमिति अयोग्य भएको आरोप लगाउँदै विघटनको माग गरेका हुन् ।

सम्मेलनमा रुपेशले संघले एकलौटी निर्णयबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा अयोग्य खेलाडीलाई पठाउने गरेको आरोप लगाए । ‘हाम्रो खेल्ने अधिकार नै खोसिएको जस्तो भयो । राष्ट्रिय खेलाडीको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा जान योग्य हुँदाहुँदै पनि कम रेटिङ भएका खेलाडीहरूलाई प्रतियोगितामा पठाउनु भनेको के हो त ? संघले आफ्नो पैसा खर्च नहोस् भनेर जसले धेरै पैसा खर्च गर्छ उनीहरूलाई नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने गरेको ,’राष्ट्रिय च्याम्पियन रुपेशले भने ।

नेपालमा सन् २०२३ र २०२५ का राष्ट्रिय च्याम्पियन रुपेशले महासंघ खेलाडीसँग प्रतिबद्ध र जावफदेही नभएको आरोप लगाए ।

अर्का राष्ट्रिय खेलाडी तथा क्याडेट मास्टर सुश्रूत दाहालले महासंघले आर्थिक पारदर्शिता कायम गर्न नसकेको बताए । ‘विदेशबाट विभिन्न कार्यक्रम, परियोजनाहरू आइरहेको हुन्छ ।  संघले कहाँबाट कति पैसा आयो, कहाँ खर्च भयो भनेर कहिले पनि देखाउन सकेको  छैन । कार्यक्रम भनेर बजेट ल्याइन्छ, तर खर्चको बारेमा भने कसैलाई जानकारी छैन,’ सुश्रूतले भने ।

पूर्व राष्ट्रिय तथा हालका एमेच्योर च्याम्पियन पुरुषोत्तमले महासंघ सिस्टममा चल्न नसकेको र पदाधिकारीले मनोमानी ढंगबाट सञ्चालन गर्दै आएको आरोप लगाए ।

“महासंघ आफै सिस्टममा छैन । सचिवालयका नाममा उहाँहरू दुई/चार जना बस्नुहुन्छ । आफैँ निर्णय गर्नुहुन्छ । अहिले कार्यसमितिमा एकजना पनि महिला हुनुहुन्न । भएकालाई निकालेर निकालेर पुरुष राख्नुभएको छ । संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता खोइ ?,’ राष्ट्रिय खेलाडी चौलागाईंले भने ।

पत्रकार सम्मेलनमा उनीहरूले महासंघकै लापरबाहीका कारण ४५औं चेस ओलम्पियाडमा नेपालले सहभागिता जनाउने अवसर गुमाएको ठहर गरेका थिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate