चैत्र १, २०८२ आइतबार | ०४:४३:५४
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

नेपाल बुद्धिचाल महासंघ विघटनको माग

काठमाडौं । नेपाली राष्ट्रिय चेस खेलाडीले नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति अयोग्य भएको आरोप लगाउँदै विघटनको माग गरेका छन् ।

आइतबार राष्ट्रिय च्याम्पियन रुपेश जैशवाल, सुश्रूत दाहाल, पूर्व एमेच्यर च्याम्पियन आशिष फुयाल, पूर्व राष्ट्रिय तथा वर्तमान एमेच्यर च्याम्पियन  पुरुषोत्तम चौलागाईं र राष्ट्रिय खेलाडी तथा क्याडेट मास्टर सुश्रूत दाहालले संयुक्त पत्रकार सम्मलेन गर्दै वर्तमान कार्यसमिति पारदर्शी नभएको, समितिले अनधिकृत खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा लगेको र आर्थिक हिनामिना गरेको जनाउँदै कार्यसमिति अयोग्य भएको आरोप लगाउँदै विघटनको माग गरेका हुन् ।

सम्मेलनमा रुपेशले संघले एकलौटी निर्णयबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा अयोग्य खेलाडीलाई पठाउने गरेको आरोप लगाए । ‘हाम्रो खेल्ने अधिकार नै खोसिएको जस्तो भयो । राष्ट्रिय खेलाडीको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा जान योग्य हुँदाहुँदै पनि कम रेटिङ भएका खेलाडीहरूलाई प्रतियोगितामा पठाउनु भनेको के हो त ? संघले आफ्नो पैसा खर्च नहोस् भनेर जसले धेरै पैसा खर्च गर्छ उनीहरूलाई नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने गरेको ,’राष्ट्रिय च्याम्पियन रुपेशले भने ।

नेपालमा सन् २०२३ र २०२५ का राष्ट्रिय च्याम्पियन रुपेशले महासंघ खेलाडीसँग प्रतिबद्ध र जावफदेही नभएको आरोप लगाए ।

अर्का राष्ट्रिय खेलाडी तथा क्याडेट मास्टर सुश्रूत दाहालले महासंघले आर्थिक पारदर्शिता कायम गर्न नसकेको बताए । ‘विदेशबाट विभिन्न कार्यक्रम, परियोजनाहरू आइरहेको हुन्छ ।  संघले कहाँबाट कति पैसा आयो, कहाँ खर्च भयो भनेर कहिले पनि देखाउन सकेको  छैन । कार्यक्रम भनेर बजेट ल्याइन्छ, तर खर्चको बारेमा भने कसैलाई जानकारी छैन,’ सुश्रूतले भने ।

पूर्व राष्ट्रिय तथा हालका एमेच्योर च्याम्पियन पुरुषोत्तमले महासंघ सिस्टममा चल्न नसकेको र पदाधिकारीले मनोमानी ढंगबाट सञ्चालन गर्दै आएको आरोप लगाए ।

“महासंघ आफै सिस्टममा छैन । सचिवालयका नाममा उहाँहरू दुई/चार जना बस्नुहुन्छ । आफैँ निर्णय गर्नुहुन्छ । अहिले कार्यसमितिमा एकजना पनि महिला हुनुहुन्न । भएकालाई निकालेर निकालेर पुरुष राख्नुभएको छ । संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता खोइ ?,’ राष्ट्रिय खेलाडी चौलागाईंले भने ।

पत्रकार सम्मेलनमा उनीहरूले महासंघकै लापरबाहीका कारण ४५औं चेस ओलम्पियाडमा नेपालले सहभागिता जनाउने अवसर गुमाएको ठहर गरेका थिए । 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||