माघ ३, २०८२ शनिबार | ०९:४६:५५
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे

सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रशिक्षक प्याट्रिक डे विल्डे (बायाँ) ।

काठमाडौं ।  बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख् प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासिचव किरण राई र विल्डेले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

विल्डे नेपाली महिला राष्ट्रिय टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन्  । यसअघि अस्ट्रेलियाका ग्यारी फिलिप्सले नेपालको प्रशिक्षण सम्हालेका थिए । 

 एन्फा प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट उनको नाम सिफारिस गरेको हो । एन्फाले गत वैशाखमा राष्ट्रिय महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुलाएको थियो ।

युइएफए प्रो लाइसेन्स प्राप्त विल्डेले पछिल्लो पटक नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको प्रशिक्षण सम्हालेका थिए ।

यसैगरी उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु-२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।  

नेपाल एएफसी एसिया कप छनोटको तयारीमा छ । छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।

यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate