काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिपमा पुरुषतर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिलातर्फ दक्षिण कोरियाकी गियोङ्गमिन पार्क च्याम्पियन बनेका छन् ।
पोखराको फेवा तालमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साइक्लिङ र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । पिटरले उपाधीसँगै मेडल, प्रमाण पत्र र ६३० अमेरिकी डलर प्राप्त गरे । इ
इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोश्रो स्थान स्थान हासिल गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ अमेरिकी डलर प्राप्त गरे ।
यसैगरी ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेश्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० अमेरिकी डलर हात पारे । चौथो स्थान प्राप्त गरेका दक्षिण कोरियाका त्येगी किमले ३१५र पाँचौ स्थानमा रहेका जापानका तुया कोबायासीले २१० अमेरिकी डलर पाए ।
पार्कले निर्धारित दूरी १ घन्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ ६३० अमेरिकी डलर प्राप्त गरिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोश्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५ र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२० अमेरिकी डलर हात पारे ।
यस्तै चौथो स्थानमा जापानकी इकुमी सेतो र पाँचौ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरूले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।
दक्षिण एशियाली च्याम्पियनतर्फ भारतले एकाधिकार जमायो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ उपाधि जित्दा पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोश्रो स्थान हासिल गरे ।
यस्तै महिलातर्फ पनि भारतकी डोल्ली देवीदास पाटिल १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ मानसी मोहित विजेता बन्दा १ घन्टा ६ मिनट ४२ सेकेन्ड समय निकाल्दै दोस्रो स्थानमा रहिन् ।
यस्तै जुनियरतर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधी जिते । विजेताले मेडल प्रमाण पत्र प्राप्त गरे ।
विजेतमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, आयोजक संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाल भारत, बंगालादेश, जापान, दक्षिण कोरिया, इजरायल, अस्ट्रिया, उज्वेकिस्तान, इस्टाेनिया र पोट्रोरिकाेका गरि ३० पुरुष र १६ महिला खेलाडीको सहभागिता थियो ।