असार २०, २०८२ शुक्रबार | १४:१७:४४
चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने
शनिबारको दिन

एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ?

काठमाडौं । विश्व च्याम्पियन ब्राजिलियन स्टार रोबर्टाे कार्लाेसको आगमन, केही विवाद र रोमाञ्चबीच तेस्रो नेपाल सुपर लिग फुटबलले शनिबार च्याम्पियन पाउँदै छ । दशरथ रंगशालामा साँझ ६ बजे हुने फाइनलमा विजयी हुँदै ललितपुर सिटी एफसी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । ललितपुर प्रतियोगिताको अपराजित टिम हो ।

यता, पोखरा थन्डर्स पनि ‘सरप्राइज प्याकेज’ बोकेर फाइनल पुगेको छ । सुरुमा धेरैको आँकलन पोखराको यात्रा प्लेअफ मात्रै थियो । काठमाडौं रेजर्स र धनगढी एफसी नै सबैको नजरमा थिए । तर, पोखराले अप्रत्यासित  प्रदर्शन गर्दै फाइनल तय गरेको हो ।

पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो । दोस्रो संस्करणमा ललितपुर सिटी च्याम्पियन बन्न सफल भयो । अब, कतै तेस्रो संस्करणले नयाँ च्याम्पियन पाउने त हैन ?

पोखराका प्रशिक्षक सुमन श्रेष्ठ च्याम्पियन बन्न नै खेल्ने बताउँछन् । लिग चरणको भेटमा पोखरेली टिम ललितपुरसँग ३-२ ले पराजित भएको थियो । त्यसको बदला लिने दाउमा पोखरा छ । ‘हामी ललितपुरको खेलबारे जानकार छौं । पहिलो खेल निकै रोमाञ्चक भएको थियो । त्यसपछि राम्रो खेलेका छौं । अन्डरडगका रूपमा आएका छौं । च्याम्पियन हुन खेल्छौं,’ प्रशिक्षक श्रेष्ठ दाबीसाथ भन्छन् ।

लिग चराणको खेलमा पोखरा थन्डर्सविरुद्ध बल अगाडि बढाउँदै ललितपुरका इमो इजिकेल (सेतो जर्सी) तस्विरः सरोज सापकोटा खेलाडी । 

श्रेष्ठ यसपटक सफल नेपाली प्रशिक्षकको रूपमा उभिएका एक्ला प्रतिस्पर्धी हुन् । एनएसएलमा पोखरा हेरिरहेका उनले त्यसअघि मोसफलका प्रतियोगितामा चर्च ब्वाइजलाई प्रशिक्षण गराएका थिए । उनले टिमलाई खेलाएका ८ मध्ये ४ फाइनल जिताएका छन् । अधिकांश प्रतियोगितामा फाइनल यात्रा तय गरे ।

उनी कति भाग्यमानी छन् भनेर पोखराको यात्राले पनि देखाएको छ । पोखरामा श्रेष्ठसहित चितवन र झापा एफसीले मात्रै नेपाली प्रशिक्षकलाई विश्वास गरेको थियो । जहाँ श्रेष्ठले टिम मालिकले दिएको जिम्मेवारीप्रति न्याय गरेका छन् ।  

ललितपुरले भने इङ्ल्यान्डका प्रशिक्षक सिमोन निकोलसलाई जिम्मेवारी दिएको छ । उनी लगातार टिमलाई उपाधि जिताउन प्रतिबद्ध छन् । 

इलाम र वीरगन्जले हात झिकेको संस्करणमा यसपटक उपाधि दाबेदारमा रहेको काठमाडौं र धनगढीसँगै एफसी चितवन, बुटवल लुम्बिनी, झापा एफसी, एफसी चितवन भने फाइनल पुग्न सकेनन् । केही खेलमा विवाद पनि भए । रेफ्रीकै निर्णय पनि फिर्ता भएको स्थिति छ ।

पोखराको यात्रा

इलिमिनेटरमा प्रतिस्पर्धा गर्दै पोखरा (सुन्तोला रंगको जर्मी) र एफसी चितवन ,तस्विरः सरोज सापकोटा/खेलाडी ।

पोखराको यात्रा भने यसपालि रोमाञ्चक रह्यो । प्रतियोगिताअघिसम्म टोलीलाई फाइनलमा पुग्ने कमैले आँकलन गरेका थिए । प्लेअफ पुग्ने योजनामा टिम थियो । प्रशिक्षक सुमन श्रेष्ठले पनि प्लेअफलाई पहिलो योजना बनाएका थिए । यद्यपि सबैको आँकलन टाढा पार्दै पोखरा फाइनलसम्म पुग्न सफल भयो ।

सुरुका दुई खेलमा पराजित भएपछि पोखराको प्लेअफ सम्भावना पनि कमजोर बनेको थियो । तर, त्यसपछिका खेलमा पोखराले सानदार प्रदर्शन गरेको थियो । पछिल्ला ६ खेलमा टोलीको अपराजित यात्रा कायम छ । दुई खेलमात्रै बराबरी खेल्यो ।  

पोखराले पहिलो खेलमा चितवनसँग २-० र दोस्रो खेलमा ललितपुरसँगको नतिजा ३-२ ले गुमाएको थियो । त्यसपछिका खेलमा काठमाडौंविरुद्ध अप्रत्यासित रूपमा २-० ले जित निकाल्दै पोखराले प्रतियोगिताको कमब्याक ग¥यो । धनगढीविरुद्ध गोलरहित र झापाविरुद्ध १-१ को बराबरी खेल्यो । लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनीविरुद्ध २-० को जित निकाल्दै टोली प्लेअफमा स्थान बनाउन सफल भयो । प्लेअफको पहिलो खेलमा चितवनविरुद्ध ३-० को जित निकाल्यो । दोस्रो क्वालिफायरमा टोलीले दुई पटकको च्याम्पियन धनगढीलाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको थियो ।

ललितपुर सिटी एफसी

पहिलो क्वालिफायरमा ललितपुर (सेतो जर्सी) र धनगढी एफसी प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

ललितपुर सिटी एफसीको प्रदर्शन भने यसपटक जबजस्त थियो । साबिक विजेताले लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनायो । सातमध्ये ४ खेल जितेको छ । १२ गोल भएको छ । ७ गोल बेहोरेको छ । कप्तान अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

ललितपुरले पहिलो खेलमा काठमाडौंविरुद्ध २-२ को बराबरी खेल्यो । दोस्रो खेलमा पोखराविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो । तेस्रो खेलमा भने धनगढीसँग गोलरहित बराबरी खेलेको हो । चौथो खेलमा चितवन एफसीलाई २-१ ले हराउँदा बुटवल लुम्बिनी एफसीमाथि २-० को जित निकाल्यो । लिग चरणको अन्तिम खेलमा भने झापा एफसीसँग १-१ को बराबरी खेलेको टोलीले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ ले हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।