काठमाडौं । पोखरा थन्डर्सलाई फाइलनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्ड आयुश घलान नेपाल सुपर लिग (एनएसएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग २-१ ले पराजित भएपछि पोखरा उपाधिबाट बञ्चित बनेको थियो ।
सर्वोत्कृष्ट खेलाडी घोषित आयुशले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुरका मणिकुमार लामा इनर्जेटिक खेलाडी, ललितपुरकै सन्तोष खत्री उदीयमान खेलाडी , पोखरा प्रिसो उत्कृष्ट गोलकिपर, धनगढीका अहमद हिजाजी सर्वाधिक गोलकार्ता बन्दा झापा एफसीले ‘फेयर प्ले अवार्ड’ प्राप्त गर्यो ।
मणिले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । सन्तोषले एक गोल गर्दा प्रिसोले पाँच ‘क्लिन सिट’ राखे । यसैगरी हिजाजीको नामा पाँच गोल रहँदा झापाले १० पहेंलो कार्ड बेहोर्दा रातो कार्डको भने समान गरेन ।
विधागत उत्कृष्टले १ लाख रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता समापनका दौरान नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राईलाई स्कुटर प्रदान गरिएको थियो। उनी एनएसएलकी गुडविल एम्बासडर हुन्।