वैशाख १४, २०८२ आइतबार | ०४:२७:०२
बार्यनको सहज जित आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? बार्यनको सहज जित आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ?

आर्मीको विजयी सुरुआत

विराटनगर । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता (एमएम कप) मा साबिक विजेता  विभागीय टोली त्रिभुवन आर्मी क्लबले  विजयी सुरुआत गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध दुई विकेटको जित निकाल्यो ।

एपिएफले प्रस्तुत गरेको १३१ रनको लक्ष्य आर्मीले ३७.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीका लागि नरेन साउदले ८४ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी सुमीत श्रेष्ठले अविजित २१ र पवन कार्कीले अविजित १० रन बनाए ।

एपिएफका लागि दिवान पुनले तीन तथा विकास आग्री र कप्तान भुवन कार्कीले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि प्रकाश जैसीले अविजित ३४, भुवन कार्कीले २५, दीपक बोहराले १६, अविशेक पालले १२ तथा आयुष्मान बमले ११ रन बनाए ।

आर्मीका लागि दुर्गेश गुप्ताले तीन,  नरेन साउद र विशाल सुश्लिंगले समान दुई  तथा तुलबहादुर थापा र पवन कार्कीले समान एक विकेट लिए ।

आइतबार एपिएफ र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

मनमोहन मेमोरियल कप कपफान्डेसनको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मतकुमार कार्कीले गरेका थिए । 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC