चैत्र ५, २०८२ बिहीबार | १७:०३:४०
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने भएको छ ।

सोमबार राजधानीस्थित केन्द्रीय कार्यलय बबर महलमा नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मा. मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशनको मिति तय गरेको हो ।

बैठकमा बस्नेतले नेपाली काँग्रेस पार्टीको विधान बमोजिम देशैभरिका इकाईमा सदस्यता वितरण गर्न निर्देशन समेत गरेका छन् ।

यस्तै संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको पूर्ण बैठकबाट संघको विधानले निर्दिष्ट गरेका तहगत निकायमार्फत प्रतिनिधि चयन गर्न कार्यतालिका समेत तय गरेको छ । जस अनुसार वडा अधिवेशन फाल्गुण ८ गते देखि १३ गतेसम्म, पालिका अधिवेशन फाल्गुण १४ देखि १७ गतेसम्म, प्रदेश सभा ‘क’ र ‘ख’, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फाल्गुण १८ देखि २४ गतेसम्म, जिल्ला अधिवेशन फाल्गुण २५ देखि २९ गतेसम्म, प्रदेश अधिवेशन चैत ८ गते, केन्द्रीय अधिवेशन चैत १८, १९ र २० गते सम्पन्न गर्ने तय गरेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका सह–प्रवक्ता राजु ताम्राकारले दिएको जानकारी अनुसार प्रत्येक वडा इकाई, प्रदेश ‘क’ र ‘ख’ हुदै क्षेत्रीय अधिवेशन मार्फत अनिवार्य १ महिला सहित ३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।

यसरी १६५ निर्वाचन क्षेत्रवाट सभापति पदेन केन्द्रीय प्रतिनिधि हुदा ५२० जना , जिल्ला सभापति ७७ जना, एक निर्वाचन क्षेत्र भएका ३५ क्षेत्रवाट १०५ जना, प्रदेश अध्यक्ष ७ जना, कार्यसमितिका १०२ जना, अध्यक्षले मनोनीत गरेका र ओलम्पियन २० जना सहित कूल ८३१ जना केन्द्रीय प्रतिनिधिबीच नेपाल लोकतान्त्रिक संघको अधिवेशन हुने ताम्राकारले जानकारी गराएका छन् ।

बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी र सदस्यहरुलाई अधिवेशन सम्पन्न गर्न जिल्ला तथा प्रदेशमा खटाउने समेत गरेको छ । सबै ७७ जिल्ला अधिवेशनका लागि ५१ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवार प्रदान गरिएको छ ।

केन्द्रीय समितिले कोशी प्रदेशमा अधिवेशन सम्पन्न गर्न सचिव मनिष जोशी, मधेश प्रदेशमा उपाध्यक्ष बृजेन्द्र हमाल, बाग्मती प्रदेशमा सचिव दुर्गाराज पाठक, गण्डकी प्रदेशमा सचिव राजु विक्रम थापा, लुम्बिनी प्रदेशमा महासचिव दिपक गुरुङ, कर्णाली प्रदेशमा प्रवक्ता दामोदर अर्याल र सुदुरपश्चिम प्रदेशमा कोषाध्यक्ष दशरथ रिसाललाई जिम्मेवारी प्रदान गरिएको छ ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।