माघ १८, २०८२ आइतबार | १२:१०:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने भएको छ ।

सोमबार राजधानीस्थित केन्द्रीय कार्यलय बबर महलमा नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मा. मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशनको मिति तय गरेको हो ।

बैठकमा बस्नेतले नेपाली काँग्रेस पार्टीको विधान बमोजिम देशैभरिका इकाईमा सदस्यता वितरण गर्न निर्देशन समेत गरेका छन् ।

यस्तै संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको पूर्ण बैठकबाट संघको विधानले निर्दिष्ट गरेका तहगत निकायमार्फत प्रतिनिधि चयन गर्न कार्यतालिका समेत तय गरेको छ । जस अनुसार वडा अधिवेशन फाल्गुण ८ गते देखि १३ गतेसम्म, पालिका अधिवेशन फाल्गुण १४ देखि १७ गतेसम्म, प्रदेश सभा ‘क’ र ‘ख’, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फाल्गुण १८ देखि २४ गतेसम्म, जिल्ला अधिवेशन फाल्गुण २५ देखि २९ गतेसम्म, प्रदेश अधिवेशन चैत ८ गते, केन्द्रीय अधिवेशन चैत १८, १९ र २० गते सम्पन्न गर्ने तय गरेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका सह–प्रवक्ता राजु ताम्राकारले दिएको जानकारी अनुसार प्रत्येक वडा इकाई, प्रदेश ‘क’ र ‘ख’ हुदै क्षेत्रीय अधिवेशन मार्फत अनिवार्य १ महिला सहित ३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।

यसरी १६५ निर्वाचन क्षेत्रवाट सभापति पदेन केन्द्रीय प्रतिनिधि हुदा ५२० जना , जिल्ला सभापति ७७ जना, एक निर्वाचन क्षेत्र भएका ३५ क्षेत्रवाट १०५ जना, प्रदेश अध्यक्ष ७ जना, कार्यसमितिका १०२ जना, अध्यक्षले मनोनीत गरेका र ओलम्पियन २० जना सहित कूल ८३१ जना केन्द्रीय प्रतिनिधिबीच नेपाल लोकतान्त्रिक संघको अधिवेशन हुने ताम्राकारले जानकारी गराएका छन् ।

बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी र सदस्यहरुलाई अधिवेशन सम्पन्न गर्न जिल्ला तथा प्रदेशमा खटाउने समेत गरेको छ । सबै ७७ जिल्ला अधिवेशनका लागि ५१ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवार प्रदान गरिएको छ ।

केन्द्रीय समितिले कोशी प्रदेशमा अधिवेशन सम्पन्न गर्न सचिव मनिष जोशी, मधेश प्रदेशमा उपाध्यक्ष बृजेन्द्र हमाल, बाग्मती प्रदेशमा सचिव दुर्गाराज पाठक, गण्डकी प्रदेशमा सचिव राजु विक्रम थापा, लुम्बिनी प्रदेशमा महासचिव दिपक गुरुङ, कर्णाली प्रदेशमा प्रवक्ता दामोदर अर्याल र सुदुरपश्चिम प्रदेशमा कोषाध्यक्ष दशरथ रिसाललाई जिम्मेवारी प्रदान गरिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।