माघ ९, २०८१ बुधबार | १०:४०:२४
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

स्वदेश फर्कियो खो-खो टोली

नेपाली खो-खो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा आइतबार सम्पन्न फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएको थियो ।

पुरुष टोलीले ५४-३६ को हार बेहोर्दा महिला टोलीले भारतलाई ७४-४० को अन्तरमा नतिजा सुम्पियो । फाइनलमा पराजय बेहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि रह्यो । नेपाली टोलीले कुनै पनि विश्वकपमा फाइनल यात्रा तय गरेको यो पहिलो पटक हो ।

नेपाली महिला टोली समूह ‘सी’ का सबै चार खेल जित्दै विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटानलाई ९३-२४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।

नेपाली पुरुष टोली समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ अंकले हराएको थियो । यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध ६७-१८ तथा सेमिफाइनलमा इरानविरुद्ध ७२-२० को जित दर्ता गरेको थियो ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए