माघ ९, २०८१ बुधबार | ०७:०७:२९
अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक

एपिएफका १५ खेलकर्मी विशेष बढुवामा

बढुवामा पर्नेहरू ।

काठमाडौं । सशस्त्र प्रहारी बल (एपिएफ) ले का १४ खेलाडी र एक प्रशिक्षकलाई विशेष बढुवा गरेकाे छ । बढुवा हुनेमा फुटबलका चार, भलिबल, एथलेटिक्स र उसुका समान दुई तथा क्रिकेट, कराते, कबड्डी, ह्यान्डबल र फुल कन्ट्रयाक करातेका एक जना छन् ।

फुटबलकी प्रशिक्षक भगवती थापा वरिष्ठ सहायक हबल्दारमा बढुवा भइन् । यसैगरी एथलेटिक्सका गोपिचन्द्र पार्की र फुतमति रानालाई हबल्दारमा बढुवा गरिएको छ ।

यस्तै फुटबलका सुरु लिम्बु, अनिता केसी, गीता राना, भलिबलका हीरा केसी, कविता भट्ट तथा उसुका अशोक खालिङ, कविता थापा सहायक हबल्दार बनेका छन् ।

यता क्रिकेटका सन्दीप जोरा, करातेका मोहम्मद शेखु आलम, कबड्डीकी रविना चौधरी, ह्यान्डबलकी बन्दना राई र फुल कन्ट्रयाक करातेका संजय राई सहायक हबल्दारमा बढुवा भए ।

सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक (नेपाल एपिएफ क्लबका अध्यक्ष) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरेले बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

सोही अवसरमा २८ खेलाडीलाई‌ आइजिपी कमेन्डेसन पदक तथा दुई खेलाडीलाई‌ नगदबाट पुरस्कृत गरिएको थियो।

बढुवामा पर्ने  तथा पदक र पुरस्कार पाउनेहरू


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए