काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) का लागि तीन श्रीलंकन खेलाडी नेपाल आइपुगेका छन् ।
अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् । थानुसन र सन्जय जनकपुर नाइट्स तथा गालापाथिगे धनगढी वाइल्डक्याट्सको जर्सीमा कोर्टमा उत्रिदैछन् ।
एनकेएलको पहिलो संस्करण माघ ४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित (राखेप) कभर्डहलमा हुनेछ । यसमा १८ विदेशी खेलाडी सहभागी हुँदैछन्ज । जसमा थाइल्यान्ड र बंगलादेशका समान ६, श्रीलंकाका र केन्याका समान तीन खेलाडी छन् ।
फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन राइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन् ।