काठमाडौं । नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् ।
जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उनले चेन्सुतर्फ तेस्रो स्थान हासिल गरे । विजयले ९.७६ नम्बर प्राप्त गरेका हुन् ।
९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक तथा घरेलु टोली जापानका मोटोयोशी अराकीले ९.७६ अंकसहित रजत पदक जितेका छन् ।
विजयले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् । विजयको इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा नेपालबाट सहभागी पाँच खेलाडीमा हालसम्म विजय मात्रै पदकधारी हुन् । सात सदस्यीय नेपाली टिम जापान पुगेका छ । खेलाडीमा विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ छन् । नेपालले आजै थप तीन इभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।
भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal