काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ३२-० को स्कोरमा पराजित भयाे। यसअघि नेपालको पुरुष टाेली उज्वेकिस्तानसँग २४-० को स्कोरमा पराजित भएको थियो।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थानमा जारी प्रतियोगिताको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२-१५, कतारले साउदी अरेबीलाई ३९-७, श्रीलंकाले काजकिस्तानलाई ४३-०, भारतले बंगलादेशलाई ३१-० तथा चाइचिज ताइपेइले अफगानिस्तालाई २६-७ ले पराजित गर्यो ।
यसैगरी महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९-१२ को स्कोरले हरायो ।
प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ।
प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।