आश्विन ३, २०८१ बिहीबार | ०६:४३:०५
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। 

लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएका लामा फरारको सुचीमा थिए । बुधबार सार्वजनिक बिदा भएकाले उनलाई बिहिबार अदालतमा उपस्थित गराइने छ ।

सर्लाही घर भइ काठमाडौं बस्दै आएका लामालाई उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५००० रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए।

गत चै २५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा ५ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम लामालाई कुनै पनि खेल संघ महासंघमा निर्वाचित, मनोनितमा राख्न नमिल्ने भन्दै कारबाही गर्न एन्फालाई पत्र पठाएको थियो।

उक्त पत्रमा दावाको सम्बन्धमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को उल्लेखित व्यवस्था आकर्षित नहुने भएमा सो को प्रमाण र कारण सहित साथै, निज त्यस संघको निर्वाचनबाट निर्वाचित भएको विषयमा समेत ७  दिन भित्र परिषद समक्ष लिखित जवाफ पेश गर्न एन्फालाई पत्रमा भनेको थियो। अन्यथा प्रचलित कानून बमोजिम आवश्यक कारवाही गर्ने चेतावनी राखेपले दिएको थियो।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024