खेलाडी

काठमाडौं, (खेलाडी)- कोभिड १९ का कारण उपचारको क्रममा निधन भएका नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नम्बर दुईका संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले आर्थिक सहयोग गरेको छ । 

महाराजगंजस्थित हेडलाइन क्याफेमा आयोजित कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । 

क्योकुसिन करातेका पूर्व अन्तराष्‍ट्रिय खेलाडी जनकपुर निवासी यादवको कोभिड १९ का कारण जेठ २ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा संघका केन्द्रिय सचिव मनिष जोशी, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक हरिश्‍वर पोखरेल, केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक दीपक गुरुङ, केन्द्रिय सदस्य राजुविक्रम थापा, राजेश गुरुङ, दामोदर अर्याल, बागमती प्रदेश उपाध्यक्ष उमेश गुरुङ, सचिव दामोदर (बद्री) भट्टराई लगायतको उपस्थिती थियो ।