फाल्गुन २८, २०८२ बिहीबार | १९:५९:२९
काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी

महामारीमा शारिरिकसँगै मानसिक फिटनेसमा पनि ध्यान दिनुपर्छ

डेढ वर्षअघि नेपालले दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्दा चार जना खेलाडीले एकभन्दा बढि स्वर्ण पदक जित्‍न सफल भएका थिए । देशले कुल ५१ स्वर्ण पदक जित्दै ऐतिहासिक रुपमा दोस्रो स्थान पक्का गरेको त्यो खेलमेलामा एकभन्दा बढि स्वर्ण पदक जित्‍ने गौरवशाली खेलाडी थिए, पौडीकी किशोरी गौरिका सिंह, तेक्‍वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्‍ठ र गल्फका सुवाष तामाङ ।

सागमा पदक जित्‍ने एउटै लक्ष्यका लागि दशकभन्दा लामो समयदेखि निरन्तर संघर्ण गरेका मण्डेकाजीलाई परिश्रमको फलको स्वाद थाहा भइसकेको छ । २०७६ मंसिरमा घरेलु मैदानमा उनले १० वर्षभन्दा लामो संघर्षमय प्रतिक्षामा पूर्णविराम लगाउँदै एकै संस्करणमा दुई वटा स्वर्ण पदक जिते । 

दक्षिण एसियाली खेलकुदको सफलता त्यतिमै रोकिएन । त्यो सफलताले मण्डेकाजीलाई अरु थप अवार्डको पनि हकदार बनायो । राष्‍ट्रिय प्रतिभा पुरस्कारबाट यसै वर्ष सम्मानित मण्डेकाजीले खेलक्षेत्रमा देशकै सबभन्दा ठूलो पल्सर स्पोर्टस अवार्डमा उत्कृष्‍ट पुरुष तथा एनएनआइपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्‍ट खेलाडीको पुरस्कार जिते ।

नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) मण्डेकाजी करियरको उत्तरार्धमा छन् । कोभिड १९ को महामारीले पूरा देश आक्रान्त भइरहेका बेला अहिले उनी सामाजिक दायित्व सम्झिएर दिनहुँ सामाजिक काममा व्यस्त छन् । लकडाउनका कारण समस्यामा परेकालाई राहत र सहयोग उपलब्ध गराउनमा अहिले उनको दैनिकी वितिरहेको छ । खेलाडी डटकमले सागका दोहोरो स्वर्णधारी उनै मण्डेकाजीसँग गरेको छोटो लकडाउन वार्ताको सम्पादित अंश :

आजकाल के गर्दै हुनुहुन्छ ?

सरकारद्धारा लागु लकडाउनको पालना गर्दै घरपरिवारसँग बसेर धेरैजसो समय बिताउँछु । विहान र बेलुका केही समय व्यायाम गर्छु । अनि केही समय निकालेर भए पनि लकडाउनका कारण समस्यामा परेकालाई राहतस्वरुप केही दिन सकिन्छ की भनेर प्रयास गरिरहेको छु । खासगरी अग्रपंक्तिमा रहेर कोभिडविरुद्ध लडिरहेकालाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्‍ने भावनाअनुसार विभिन्‍न संस्थाहरुलाई सामान्य सहयोग जुटाउने काम गरिरहेको छु । यसैक्रममा नेपाल प्रहरी थिमी वृत्तमा कोभिडविरुद्ध लड्नका लागि चस्मा र मास्क, जेएसएसबी पेन्डेमिक अफ कोभिड रेक्क्यु टिमलाई स्यानिटाइजर र मास्कलगायतका सामाग्री हस्तान्तरण गरेँ ।

महामारीबीच समय विताउने अरु कुनै तरिका ?

अहिले भर्चुअल माध्यमबाट धेरै आफन्त र साथीभाईहरुसँग सम्पर्क गरिरहेको छु । यस्तो महामारीका बेला समय विताउन यो निक्कै उत्तम उपाय हुँदो रहेछ । लामो समयदेखि सम्पर्क नभएका साथीभाई र आफन्तसँग पनि अहिले आत्मिय कुराकानी भएको छ । युट्युबमा कराँतेका विश्‍वस्तरका स्टारहरुका भिडियोहरु हेर्छु । त्यसबाट आफूलाई पनि केही ज्ञान थपिने हुन्छ ।

लकडाउनको कठिन समयमा फिट्नेसलाई कसरी ध्यान दिइरहनुभएको छ ?

यो कुरा अली बढि नै ट्रिकी हुन्छ, खासगरी हामीजस्तो सक्रिय खेलाडीका लागि । कसैसँग भेट्न नहुने, अनि बाहिर निस्कन पनि नहुने भएकाले फिट्नेस कायम राख्‍न कठिन छ । तर मैले घरमै बसेर आफ्नो आवस्यकताअनुसारको शारिरिक व्यायाम गरिरहेको छु । विहान र बेलुका गरेर आफ्नै घर-आगनमा तीन घण्टा जति व्यायाम गर्छु । अहिले खानपानमा पनि विशेष ध्यान दिने गरेको छु ।

तपाईको खेल जीवनको मुख्य लक्ष्य सागमा स्वर्ण पदक जित्‍ने थियो । त्यो त एकै पटक दुईवटा जितेर पूरा गर्नुभयो । अब कहिलेसम्म सक्रिय रुपमा खेलिरहनुहुन्छ ?

कोभिड १९ का कारण तत्काल मैले खेल जीवनलाई पूर्णविराम लगाउने विषयमा कुनै निर्णय लिइसकेको छैन । अहिल्यै संन्यासको निर्णय लिन्‍न पनि होला । खेलाडीका रुपमा करियर अझै केही समय लम्बिने सम्भावना छ ।

महामारीका कारण घरमै निराश भएर थन्किइरहेका जुनियर खेलाडीलाई फिट्नेसका लागि के सुझाव दिनुहुन्छ ?

यो कठिन समयमा शारिरिकसँगै मानसिक फिट्नेसमा पनि ध्यान दिनुपर्छ । त्यसैले सकेसम्म पढ्ने, लेख्‍ने, फिल्म हेर्ने, आफू संबद्ध खेलका भिडियोहरु हेर्ने जस्ता रचनात्मक काम गरेर मानसिक फिट्नेस कायम राख्नुपर्छ । घरभित्रै बसेर गर्न सकिने आफूलाई मन पर्ने कामहरु (जस्तै: खाना बनाउने, पेन्टिङ, गाना गाउने, नाच्‍ने वा अरु केही) गरेर पनि रचनात्मक रुपमा समय कटाउन सकिन्छ । सँगै खानपानमा विशेष ध्यान दिने, प्रशिक्षक, फिजियो र न्युट्रिसियनको सल्लाहअनुसारका खानेकुरा खाने र दिनको दुई देखि तीन घण्टा घरमै बसेर शारिरिक व्यायाम गर्ने गर्नुपर्छ । त्यसो गर्न सकियो भने महामारी सकिएर फेरी खेलकुद सुरु हुँदा आफू पूर्ण फिट्नेस र स्फूर्तिका साथ प्रतिस्पर्धामा उत्रिन सकिन्छ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||