चैत्र ६, २०८२ शुक्रबार | १६:४९:३२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

अनुशासनको खडेरीमा खेलक्षेत्र

खेलकुदको भलो चिताउँछु र सकेको राम्रो गर्छु भनेर पदमा आसिन भएका व्यक्तिले आफ्नो पद गुम्ने भएपछि वा गुमेपछि यसलाई पूरै बेवास्ता गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्नको जवाफ नेपाली खेलकुदको कमान सम्हाल्ने र पद छाडेर बाहिर पुगेका वा छाड्न बाध्य गराइएका सबैले दिनैपर्छ । 

यो प्रश्नको जवाफ दिन अहिले सवैभन्दा अग्रपक्तिमा हुनुपर्ने व्यक्ति हुन् रमेशकुमार सिलवाल । उनले केपी शर्मा ओलीसँगको विशेष सम्बन्धका कारण राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिवको जिम्मेवारी प्राप्त गरेको विषय ‘ओपन सेक्रेट’ नै हो । 

अहिले राखेपको नेतृत्वको जिम्मेवारी पाएका टंक घिसिङ भने पुष्पकमल दाहालसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् । अर्थात नेपालको खेलकुद क्षेत्रमा माथिल्लो नेतृत्वसँग विशेष सम्बन्ध नभएका कोहीले पनि जिम्मेवारी पाउँदैनन् । विशेष सम्बन्ध हुनेले खेलकुदको सामान्य ज्ञान मात्रै भए पनि नेतृत्व पाउन कठिन छैन । सिलवालभन्दा अगाडि सदस्यसचिव भएका केशवकुमार विष्ट पनि विगतका नेतृत्वसँग विशेष सम्बन्ध भएकै कारण सदस्य–सचिव बनेका हुन् । 

उनीहरूले पदमा बसुन्जेल खेलकुदको भलो चिताउने मान्छे आफूबाहेक कोही नै छैन जस्तो गरी अभिव्यक्ति दिइनै रहे । तर पद छाडेको भोलिपल्टैबाट उनीहरूले खेलकुदको भलो हुने के कति काम गरे र पार्टीमा खेलकुदको विषयमा कति लबिइङ गरे त्यो महत्वपूर्ण विषय हो । अहिले रमेश सिलवालले आफूलाई गैरकानुनी रूपमा हटाइयो भनेर सर्वोच्च अदालतमा हालेको मुद्दा र अदालतबाट आएको अल्पकालीन अन्तरिम आदेश नेपाली खेलक्षेत्रमा चर्चाको विषय छ । 

खेलकुद परिषदको नेतृत्व लोकसेवा आयोगबाट लिइने परीक्षाबाट पास गरेपछि पाउने जागिर होइन । त्यो जिम्मेवारी विशुद्ध राजनीतिक हो । सरकारले आफूलाई काम गर्न सहज होस् भनेर आफूसँग विचार र शैली मिल्ने व्यक्तिलाई राखेपको सदस्यसचिव बनाउने गर्छ । पद पाएको भोलिपल्ट नै राजनीतिक निर्णयलाई स्थायी जागिर जस्तो सोच्ने चलन केही वर्षयता बढेको पाइन्छ । विगतमा राखेपको नेतृत्व सम्हाल्नेहरूले पनि आफूलाई नियुक्त गर्ने सरकार विघटन भएको भोलिपल्ट नै राजीनामा दिने संस्कार थियो । तर, अहिले त्यो संस्कार खेलकुद क्षेत्रबाट हराउँदै गएको छ । खेलकुदजस्तो अनुशासन हुनुपर्ने संस्थामा त्यो नहुनु दुर्भाग्यपूर्ण हो ।

‘ओली सरकारबाट हटेको दस घण्टामै राजीनामा दिएर घर जान्छु’ भनेर उद्घोष गरेका रमेश सिलवाल अहिले अदालतमा हारगुहार गर्न पुगेका छन् । उनीसँगै राखेपका बोर्ड सदस्यहरू पनि अदालतको शरणमा पुगे । उनीहरूले अदालतको ढोका ढक्ढक्याउन पुग्दा नेपाली खेलक्षेत्र थप गन्जागोल बनेको छ । उसै त बेथितिको अड्डा भनेर सर्वत्र आलोचित भएको खेलक्षेत्र यतिबेला अदालतको आदेशबाट थप गन्जागोल हुने लगभग तय छ ।  

नेपाली खेलकुदमा हरिबाबु चौधरी सदस्यसचिव हुने बेलासम्म पनि आफ्नो पार्टीको सरकार नभएपछि राजीनामा दिएर नैतिकता प्रदर्शन गर्ने प्रचलन थियो । तर झन्डै एक दशकयता नेपाली खेलक्षेत्रमा नैतिकताको ठूलो संकट छ । प्रधानमन्त्री र मन्त्रीसँग बेमेल हुनेबित्तिकै राखेपको सदस्यसचिव पद भनेको एउटा जागिरमात्रै हुन्छ । सरकारी गाडी चढ्न र मासिक केही हजार रुपैयाँको तलब खानकै लागि हो भने सदस्यसचिव पदको औचित्य रहन्न । 

अदालत नै गएर भए पनि चार वर्ष जागिर खाने रोग नेपाली खेल क्षेत्रमा देखा परेको छ ।

खेलकुदको एउटा आचारसंहिता छ, आफूले जिम्मेवारी लिएको खेलमा टिमले राम्रो गर्न सकेन भने म्यानेजर, प्रशिक्षक वा टिम कप्तानले राजीनामा दिने गर्छन् । यस्ता उदाहरण तपाईं हामीले संसारभर देखेका र सुनेका पनि छौं । नेपालमा त खेल व्यवस्थापक होस्, प्रशिक्षक होस् या टिम कप्तान नै किन नहोस् नैतिकताको आधारमा राजीनामा दिने भन्ने विषय दुर्लभ नै छ भन्दा फरक नपर्ला । अनुशासन र नैतिकताविनाको खेलक्षेत्रको औचित्य रहन्न । 

त्यसैले खेलक्षेत्रको नेतृत्व सम्हाल्नेहरूले कम्तीमा नैतिकता र अनुशासन जोगाउन सक्नुपर्छ । त्यसैले काम गर्न नसकेपछि र असक्षम साबित हुँदा समेत पद नछाड्नेहरूका लागि संविधानमै व्यवस्था हुनुपर्ने देखिन्छ । सरकार परिवर्तन भएपछि त्यो सरकारले गरेका सबै राजनैतिक नियुक्ति स्वतः खारेज हुनेछ भनेर । अन्यथा यहाँ पद छाड्न कोही पनि तयार देखिँदैनन् । रमेश सिलवाल तिनै व्यक्ति हुन्, जसले वर्तमान सरकार बन्ने तयारी हँुदै गर्दा खेलाडी र प्रशिक्षकलाई मैदानमा उतारेर आफूलाई हटाएको विषयमा विरोध जनाएका थिए । 

नेपाली खेलकुदको इतिहासमा सदस्यसचिवले खेलाडी र प्रशिक्षकलाई विरोध कार्यक्रममा उतारको सम्भवत त्यो नै पहिलो उदाहरण हो । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पनि राखेपमा आर्थिक अनियमितता भएको दाबी गरिएको छ । त्यसैले सो विषयमा थप अध्ययन र अनुसन्धान आवश्यक छ । टोकियो ओलम्पिकमा नेपालको सहभागिताको विषयमा पनि व्यापक टीकाटिप्पणी भएका छन् । एथलेटिक्सका खेलाडीले टोकियोमा सहभागी हुन नपाएको विषय र एकजना प्रशिक्षकको सट्टामा अर्का प्रशिक्षक पठाएको र नक्कली पिसिआर रिपोर्टजस्ता विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ । यी सबै कर्महरू रमेश सिलवाल सदस्यसचिव हुँदा भएका छन् । 

रमेश सिलवालले सदस्यसचिव बन्दा खेलक्षेत्रमा आमूल परिवर्तन गर्ने गफ गरेका थिए । सेड्युलमा परेको प्रतियोगिता आयोजना गर्नुलाई मात्र सफलता हो भनेर मान्न सकिन्न ।  उनले आफ्नो कार्यकालमा विभिन्न बहानामा तलबभत्ता लिएर स्वदेश र विदेशको भ्रमण गर्ने कामलाई निरन्तरता दिए । सदस्यसचिवको पावरलाई ‘मिसयुज’ गर्नेबाहेक उनीबाट अर्को केही चमत्कार भएको छैन । केपी ओलीले उनलाई नियुक्त गर्नु जायज नै हो किनकि आफ्नो विश्वासिलो पात्रलाई नै जिम्मेवारी दिने चलन नेपालमा हाबी छ । 

तर, उनले केपी ओलीको सरकार बाहिरिएपछि सबैभन्दा पहिले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा उल्टो खेलकुदलाई अस्तव्यस्त बनाउने सोच बनाए । राजनीतिक नियुक्तिलाई लोकसेवाको जागिर सोच्ने प्रवृत्तिले खेलकुदलाई भलो गर्दैन । कि त रमेश सिलवालले आफ्नो कार्यकालभरको एउटा प्लान बनाएर काम सुरु गरेको हुनुप¥यो । मैले यति काम गर्दै छु त्यसैले यो योजना नसकिएसम्म म पदमा रहनुपर्छ भन्न सक्नुप¥यो, होइन भने खेलकुदलाई अस्तव्यस्त बनाउने सोच किन पाल्नुभयो उहाँले ?

नेतृत्वमा पुग्दा खेलकुदको भलो चिताउँछु भन्नेले पदबाट हट्नुपर्दा नियत खराब किन हुन्छ ? के यसको जवाफ रमेश सिलवालहरूले दिनुपर्दैन । खेलकुदलाई अस्तव्यस्त बनाएकै खेल नेतृत्व सम्हाल्नेहरूको अकर्मण्यताले हो । यसमा कसैको दुईमत छैन । खेलकुदको नेतृत्वलाई भ¥याङ बनाएर आफ्नो अभीष्ट पूरा गराउनेहरूको संलग्नताले नेपाली खेलकुद अस्तव्यस्त बनेको हो ।

त्यसैले खेलको नेतृत्व दिँदा नै कम्तीमा राजनीतिक संस्कार भएका र खेलको भावना बुझेकालाई दिनु आजको आवश्यकता हो । खेलमा हार–जित जे भए पनि स्वीकारेर विपक्षीसँग हातेमालो गरेर मैदान बाहिरिने संस्कार हुनुपर्ने खेलक्षेत्रमा यस्तो फोहोरी सोच कहिलेसम्म हाबी रहने ? यस्तै सोच भएकाहरूको बिगबिगीले खेलक्षेत्र कमजोर र धराशायी हँुदै गएको हो । सबैलाई चेतना भया ।
(दाहाल वरिष्ठ खेलकुद पत्रकार हुन्)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो