चैत्र १४, २०८२ शनिबार | ११:२९:११
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

पुलिसलाई राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन बनेको छ।

पुलिसले ९ स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्यो ।

सशस्त्र प्रहरी बल (एपिएफ) चार स्वर्ण, ६ रजत र तीन कांस्य पदकसहित उपविजेता बन्यो । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण, ६ रजत र दुइ कांस्य पदक जित्यो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान  एक स्वर्ण पदक हात पारे ।

प्रतियोगिताको अन्तिम दिन शनिबारर ६८ केजीमाथीमा पुलिसकी एरिका गुरुङले स्वर्ण पदक जितिन् । उनले लुम्बिनीकी दिया थापालाई ९-० ले पराजित गरिन् ।

महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन् । उनले फाइनलमा सोनु श्रेष्ठलाई १६-८ ले माथ दिइन्। महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९-३ ले निरास पारिन् ।

पुरुष ७५ केजीमुनिमा पुलिसका राजीव पुडासैनीले स्वर्ण पदक जिते । उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए ।

कोशी प्रदेशका दीपेश राईलाई निरास बनाउँदै ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते ।

च्याम्पियन पुलिसले २ लाख, उपविजेता एपिएफले १ लाख र तेस्रो भएको आर्मीले‌ ५० हजार रुपैयाँ प्राप्त गरे।

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशको प्रायोजनमा सम्पन्न तीन दिने प्रतियोगितामा ८६ पुरुष र ७५ महिला गरि १६१ खेलाडीको सहभागिता थियो ।

 पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो