माघ १८, २०८२ आइतबार | १२:१०:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पुलिसलाई राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको च्याम्पियन बनेको छ।

पुलिसले ९ स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्यो ।

सशस्त्र प्रहरी बल (एपिएफ) चार स्वर्ण, ६ रजत र तीन कांस्य पदकसहित उपविजेता बन्यो । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण, ६ रजत र दुइ कांस्य पदक जित्यो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान  एक स्वर्ण पदक हात पारे ।

प्रतियोगिताको अन्तिम दिन शनिबारर ६८ केजीमाथीमा पुलिसकी एरिका गुरुङले स्वर्ण पदक जितिन् । उनले लुम्बिनीकी दिया थापालाई ९-० ले पराजित गरिन् ।

महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन् । उनले फाइनलमा सोनु श्रेष्ठलाई १६-८ ले माथ दिइन्। महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९-३ ले निरास पारिन् ।

पुरुष ७५ केजीमुनिमा पुलिसका राजीव पुडासैनीले स्वर्ण पदक जिते । उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए ।

कोशी प्रदेशका दीपेश राईलाई निरास बनाउँदै ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते ।

च्याम्पियन पुलिसले २ लाख, उपविजेता एपिएफले १ लाख र तेस्रो भएको आर्मीले‌ ५० हजार रुपैयाँ प्राप्त गरे।

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशको प्रायोजनमा सम्पन्न तीन दिने प्रतियोगितामा ८६ पुरुष र ७५ महिला गरि १६१ खेलाडीको सहभागिता थियो ।

 पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।