माघ २, २०८१ बुधबार | २२:४०:४९
क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित

महिला हक्कीमा गण्डकी विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७-० अन्तरले पराजित गर्यो ।

गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन् ।

त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।

अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।

यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो ।

दोस्रो खेलमा बागमती र सुदुरपश्चिम अहिले खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO