आश्विन ५, २०८१ शनिबार | ०७:०१:४७
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

ओलम्पिक विजेता भारतीय हक्की स्टारको कोरोनाले लियो ज्यान

नयाँ दिल्ली, जेठ १८ (खेलाडी)– मस्को ओलम्पिक १९८० का स्वर्ण पदक विजेता भारतीय हक्की स्टार रविन्दर पाल सिंहको कोरोना भाइरसको संक्रमणका कारण ६० वर्षको उमेरमा निधन भएको छ । 

कोरोना संक्रमण भएपछि दुई सातादेखि लखनउस्थित विवेकानन्द अस्पतालमा भर्ना भएर उपचार गराइरहेका सिंहको आइतबार मृत्यु भएको परिवारले पुष्टी गरेको छ । दुई हप्तादेखि अस्पतालमै उपचार गराउने क्रममा उनको कोरोना भाइरस नेगेटिभ आइसकेको थियो । तर भाइरसका कारण फोक्सोमा धेरै क्षति पुगिसकेका कारण पछिल्लो कोरोना परिक्षण नेगेटिभ आए पनि उनलाई बचाउन नसकिएको अस्स्प्तालले जनाएको छ । 

कोरोना परिक्षण नेगेटिभ आउनुका साथै उनको स्वास्थ्यस्थितीमा पनि व्यापक सुधार आएपछि गत साता सिंहलाई आइसियुबाट सामान्य वार्डमा सारिएको थियो । तर गत शुक्रबार अचानक उनको अवस्था विग्रिएपछि सिंहलाई तत्काल भ्यान्टिलेटरमा राख्नुपरेको थियो । 

१९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा पनि सहभागि भएका सिंहले १९७९ को जुनियर विश्वकपमा पनि भारतीय टोलीका तर्फबाट स्टिक समातेका थिए । यसका साथै १९८३ को च्याम्पियन्स ट्रफी, तथा १९८२ मा भएको विश्वकप र त्यही वर्ष भएको एसियन कपमा पनि उनी सहभागि थिए ।

अबिवाहित सिह भतिजी प्रज्ञा यादवसँग बस्दै आएका थिए । खेलजीवनपछि भारतीय स्टेट बैंकबाट पनि उनले स्वेच्छिक अवकास लिएका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024