चैत्र ५, २०८२ बिहीबार | १७:११:०२
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

राष्ट्रिय लिग स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरेको छ । 

राष्ट्रिय लिगका सहभागी विभिन्न क्लबहरुले विना श्रम स्वीकृति विदेशी  खेलाडीलाई अवैधानिक तवरले खेलाएको विषयमा परेको उजुरीका आधारमा अध्यागमन विभागले बिहीबार एन्फा राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्दै पर्यटक भिसाको आधारमा विदेशी खेलाडी मैदान नउतार्न अनुरोध गरेको थियो । 

नियमविपरित पर्यटन भिसामा रहेका विदेशीलाई खेलाए आजैबाट अनुगमन गरि कार्वाही गर्ने चेतावनी पनि अध्यागमन विभागले दिएको थियो । त्यसका बावजुद बिहीबारका खेलमा एन्फाले विदेशी खेलाडीलाई खेलाउने अनुमति दिएको थियो ।

पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार दुई खेल सम्पन्न भइसकेपछि एन्फाले बाँकी खेल स्थगित गरेको हो । अध्यागमनको पत्र आउनुअगावै म्याच नम्बर ९८ (चित्लाङ एफसी र लालीगुरास एफसी) सम्पन्न भइसकेको थियो भने म्याच नम्बर ९९ (त्रिभुवन आर्मी र सातदोबाटो) सुरु भइसकेको थियो । दुवै खेलमा विदेशी खेलाडी मैदान उत्रिएका थिए । 

आजको तालिकाअनुसार तेस्रो खेल म्याच नम्बर ९७ (मछिन्द्र र एपिएफ) साँझ दशरथ रंगशालामा हुने तयारी थियो । तर अध्यागमनको कार्वाहीको डरले एन्फाले बाँकी सबै खेल स्थगित गरेको हो । 

‘लिग अन्तर्गतका म्याच नं ९७ र १०० देखि १३६ का खेलहरु प्राविधिक कारणवश अर्को सुचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’ एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

पुरुष राष्ट्रिय लिगसँगै बुधबारबाट सुरु भएको महिला राष्ट्रिय लिगमा पनि विभिन्न क्लबले विना श्रम स्वीकृति विदेशी खेलाडी खेलाइरहेको बताइएको छ ।

महिला लिगको हकमा भने एन्फाले कुनै निर्णय गरिसकेको छैन । तर अध्यागमनको नियम र पत्र दुवैले महिला लिगलाई पनि सम्बोधन गरेकाले भोलीसम्ममा महिला लिगको विषयमा पनि निर्णय हुन सक्ने एन्फाका एक पदाधिकारीले खेलाडीलाई बताए ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।