काठमाडौं । आयोजक काष्ठमण्डप स्कुलको ‘ए’ टिमले सोमबार एआइटिएममाथि २-० को जित हासिल गर्दै काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डपका तर्फबाट दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गरेका थिए ।
त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३-० तथा एआइटिएमले द सेलिब्रेसन कोएडलाई २-१ को अन्तरमा हराएर फाइनलको ढोका खोलेका थिए ।
तेश्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३-१ ले पराजित गर्यो ।
प्रतियोगिताको विजेता काष्ठमण्डप ‘ए’ले पुरस्कारस्वरुप ५० हजार रुप्रयाँ प्राप्त गर्दा उपविजेता एआइटिएमले २५ हजार तथा तेस्रो हुने सेलिब्रेसनले १५ हजार रुपैया प्राप्त गरे ।
यसैगरी फाइनलमा २ गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी घा्ेषित हुँदा विजेता टिमकै प्रभात देवकोटा उत्कृष्ट गोलकिपर भए । दुवैले पुरस्कारस्वरुप जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेतालाई नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अज्मान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा. शिवा थापालगायतले पुरस्कृत गरे ।
भक्तवीरसिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा भएको दुईदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टिमले लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए ।
