फाल्गुन ११, २०८२ सोमबार | २०:३९:२१
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल

सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कमल थापाले सावित्रा भण्डारीको सम्पूर्ण उपचार जिम्मेवारी सरकारले बहन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला टिमकी कप्तान सावित्राले आफ्नो उपचारका लागि एन्फाले सहयोग नगरेको र शल्यक्रियाका लागि लाग्ने ठूलो रकम आफूसँग नभएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस राखेर आर्थिक सहयोगको अपिल गरेपछि थापाले यस्तो बताएका हुन् ।

थापाले पनि फेसबुक र ट्विटरमार्फत सरकारले सावित्राको उपचारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । साथै आफूले पनि सहयोग गर्ने र सिंगे देश सावित्राको साथमा रहेको भन्दै उनलाई सान्त्वना दिएका छन् ।

‘नेपाल र दक्षिण एसियाली महिला फुटबल जगतको सर्वाधिक लोकप्रिय र प्रतिभाशाली खेलाडी साम्बा (सावित्रा भण्डारी)को सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गरोस भनि प्रधानमन्त्रीको ध्यान आकर्षण गर्दछु,’ थापाले लेखेका छन्, ‘चिन्ता नगर साम्बा, सिंगो देश तपाईंको साथमा छ । हामी पनि आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्नेछौं ।’

न्युजिल्यान्डको वेलिङ्टन फिनिक्सबाट अस्ट्रेलियन ‘ए’ लिग खेलिरहेकी साम्बा घुंडाको गम्भीर चोटका कारण पछिल्लो ७ हप्तादेखि मैदानबाहिर छिन् । शल्यक्रिया पछि पनि लामो समय फिजियोथेरापी गरेपछि मात्र उनी मैदान फर्किन योग्य हुनेछिन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||