फाल्गुन ११, २०८२ सोमबार | १५:२१:२३
जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एपिएफलाई एन्फा महिला च्याम्पियनसिपको उपाधि एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित

ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल

काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था  ‘ब्रिज इन्टरनेशनल’ बनेको छ ।

लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता हस्ताक्षर समारोहमा बेलायती क्रिकेट जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्याएको योगदानको प्रशंसा गरे ।

त्यसैगरी, केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले पनि लिगको सफलताको कामना गरे ।

समारोहमा बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अगाडि बढाउन यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउन पाउनु गौरवको विषय भएको बताए ।

के हो बीजीसीएल ? 

बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो र एकमात्र लिग हो। हालसम्म पाँच सफल संस्करण सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।

कार्यक्रममा राम धमालाले स्वागत मन्तव्य दिएका थिए भने ब्रिज इन्टरनेशनलका सीईओ गिरीले संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए। बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता र प्राविधिक पक्षबारे प्रस्तुति दिएका थिए ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||