माघ २५, २०८२ आइतबार | १९:३२:५०
इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन

काठमाडौं । अस्ट्रेलियाको क्विन्सल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको फुटबल विकासका लागि क्विन्सल्यान्ड नेपलिज फुटबल एसोसिएसन (क्युएनएफए) गठन गरिएको छ ।

फुटबल र खेलकुदको माध्यमबाट समुदायबीच आपसी भाइचारा वृद्धि तथा नयाँ प्रतिभा उत्पादनको लक्ष्यका साथ क्युएनएफएको गठन भएको बताइएको छ । क्युएनएफएमा क्विन्सल्यान्ड राज्यमा सक्रिय नेपाली स्समुदायका ११ फुटबल क्लबहरु आबद्ध छन् ।

डा. मनोज खनालको अध्यक्षतामा गठित क्युएनएफएको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र राई चयन भएका छन् भने सुनील पराजुलीले सचिव तथा सन्तोष गोदारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

सचिव पराजुलीका अनुसार क्युएनएफऐ समुदायको बीचमा स्तरीय प्रतियोगिताहरु आयोजना गर्नुका साथै संगठित रुपमा खेलाडी तथा प्रशिक्षकको उत्पादन र प्रवर्धनलगायत फुटबल विकासका अभियानहरु सञ्चालन गर्नेछ ।

संघ गठन हुनेवित्तिकै यही फेब्रुअरी ८ (आइतबार)बाट ७ टिमको सहभागितामा पहिलो क्युएनएफए लिग सुरु गरिएको छ । जहाँ समुदायका क्लब र खेलाडीले आफ्नो क्षमता प्रस्तुत गर्नुका साथै सुधारको अवसर पाउने विश्वास लिइएको छ ।

‘क्युएनएफएको गठन हुनु भनेको क्विन्सल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका लागि गर्वको क्षण हो । सबै उमेरका खेलाडीलाई उच्चस्तरको अवसर दिनुका साथै समावेसिता र ग्रासरुट तथा प्रतियोगिताहरुमार्फत फुटबल विकासका अभियानहरु चलाउनु हाम्रो उद्देश्य हो,’ सचिव पराजुलीले भने ।

क्युएनएफएले समुदायमा खेलाडीको प्रतिभा खोज र विकास, युवा परियोजना तथा अन्य गतिविधि गर्ने योजना बनाएको पराजुलीले जानकारी गराए । 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं