पुस २८, २०८२ मंगलबार | ०९:०१:५२
युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो

सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ(साफ) महिला फुटसल च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालले श्रीलंकासँग खेल्दैछ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

सात राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन तीन खेल हुँदैछन् । दिनको तेस्रो खेलमा नेपाल र श्रीलंकाले एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सहभागी सबै राष्ट्र पहिलो पटक फुटसलको अन्तर्राष्ट्रिय मञ्चमा उत्रिदैछन् । यसअघि पुरुषतर्फ दक्षिण एसियाका राष्ट्रले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

जनवरी २६ सम्म चल्ने महिला फुटसल च्याम्पियनसिप सिंगल राउन्ड रोविन लिगमा खेलाइनेछ । जसमा सबैभन्दा धेरै अंक बनाउने टोली च्याम्पियन बन्नेछन् ।

प्रारम्भिक खुला छनोट देखि ३५ दिनको प्रशिक्षण गरेको टोलीलाई मुख्य प्रशिक्षक विक्रम महर्जनले नेतृत्व गरिरहेका छन् । पूर्व अन्तर्राष्ट्रिय फुटबलर दीपा राईले ‘क्याप्टेन आर्मब्याण्ड’ लगाउनेछिन् । १४ सदस्यीय अन्तिम टोली घोषणा भएपछि टोलीले २० दिन बन्द प्रशिक्षण बिताएको थियो ।

नेपाली टोलीः
दीपा राई (कप्तान), झरना डुम्राकोटी (गोलकिपर), सावित्री किशन (गोलकिपर), अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमला थापा, जेनिफर राना, मनिषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री,सजीना कोइराला, सुनकला राई, सुष्मा तामाङ


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||