मंसिर २५, २०८२ बिहीबार | १२:०६:१९
रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित

रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपालमा फुटबलको सुनिश्चिता नहुँदा बढ्दो विदेश पलायनको लर्कोमा थप एक खेलाडी थपिएका छन् ।

बुधबार राति उदीयमान अट्याकिङ मिडफिल्डर अनिल बोम्जन लामा सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अनिलले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबको जर्सी लगाएका थिए ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका अनिललाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिएको थियो । गोदावरी नगरपालिका वडा नं ६, टिकाभैरवका अनिल दुई वर्षअघि घरेलु भूमिमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपमा सुनिल श्रेष्ठको नेतृत्वमा रहको नेपाली टोलीका प्रमुख खेलाडी थिए । एक वर्षपछि नेपालले पुनः साफ यु-२० च्याम्पियनसिप आयोजना गर्ने अवसर पाएको थियो । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा पनि अनिल महत्वपूर्ण सदस्य थिए ।

गत वर्षनै सेप्टेम्बरमा चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा पनि अनिल टोलीमा थिए । यो नै अनिलले देशका खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै गत अगस्टमा जमशेदपुरमा सम्पन्न डुरान्ड कपमा अनिलले डुरान्ड कप खेलेका थिए ।

अनिलका यु-२० सहकर्मी आयुष तिम्सिना पनि तीन दिनअघि मात्र अस्ट्रेलिया पलायन भएका थिए । पाँच दिनअघि ६ वर्षअघि साफ यु–१८ च्याम्पियनसिपमा कप्तानको आर्मब्यान्ड लगाएका जय गुरुङले पनि अस्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्य बनाए ।

घरेलु फुटबल शुन्यको स्थितिमा पुग्दा नेपाली खेलाडी सुनौलो भविष्यको खोजीमा विदेशीन बाध्य भइरहेका छन् । साढे दुई महिनाअघि गोलकिपर जियारथ सेख र तीन साताअघि रक्षक अश्विन घोरासैनी (र्याकी) पनि अस्ट्रेलिया पुगे ।अश्विन र जियारथ पनि अनिलकै यु-२० सहकर्मी हुन् ।
 


भिडियो
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||