काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा हुने भएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मलेनमार्फत प्रतियोगिता फागुन महिनामा पोखरा रंगशालामा हुने जानकारी गराएको हो ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।
यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ । गत जुलाईमा ढाकामा सम्पन्न यु–२० च्याम्पियनसिपमा यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
