काठमाडौं । अस्ट्रियाविरुद्ध १-० को कठिन जित निकाल्दै पोर्चुगलले फिफा यु-१७ विश्वकप उपाधि जितेको छ ।
बिहीबार कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा फरवार्ड एनेसियो काब्रालले ३२औं मिनेटमा गरेको एकमात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो । पोर्चुगलले पहिलो पटक फिफा यु-१७ विश्वकप जितेको हो ।
यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्यो ।
सेमिफाइनलमा पोर्चुगलले ब्राजिल तथा अस्ट्रियाले इटालीलाई हराएका थिए । प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता थियो ।
भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
