काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा पोखरा एभेन्जर्सले दिएको १५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले खराब सुरुआत गरेको छ ।
जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा चार विकेट गुमाउँदा मात्र ३७ रन जोड्न सक्यो । पोखराका लागि विपीन खत्री र सुमीत वर्माले समान दुई विकेट लिएका छन् ।
पहिलो ओभरमै ओपनर आशिफ शेख ‘गोल्डेन डक’ बने । उनी विपीनको ओभरमा विकेटकिपर एडन रसिङटनबाट ‘स्टम्प आउट’ भए । जतिबेला जनकपुरले सात रन बनाएको थियो । अन्तिम बलमा शुभ कंशकर बोल्ड भए ।
जनकपुरले चौथो ओभरको पहिलो बलमा यान लफ्टी इटनलाई गुमायो । इटन सुमीतको ओभरमा वैकल्पिक बलर रोहित चन्दबाट क्याच भए । त्यही ओभरको अन्तिम बलमा माज सदाकत निसमको प्रशंसनीय क्याचको शिकार बने ।
भिडियो
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
