काठमाडौं । कप्तान कुशल भुर्तेल र न्युजिल्यान्डका ब्याटर जिमी निसम ‘गोल्डेन डक’ भएको इनिङ्समा पोखरा एभेन्जर्सले जित्नैपर्ने खेलमा साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध .१५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार प्रतियोगिताको ११औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल खडा गर्यो । पोखराका लागि चौथो नम्बरमा आएका सुमीत वर्माले अर्धशतकीय पारी खेल्दा पोखराले जनकपुरलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेको हो ।
सुमीतले २९ बलमा दुई चौका र चार छक्कासहित ठ्याक्कै ५० रन बनाए । त्यस्तै ओपनर दीनेश खरेलले २८ र त्रिटराज दासले २९ रन बनाए । यसैगरी ओपनर एडम रोसिङटनले २४ रन जोडे ।
जनकपुरका लागि संजय कृष्णमुर्तीले तीन तथा ललित राजवंशी र अनिल शाहले समान एक विकेट लिए ।
पछिल्ला दुई खेलमा पराजित जनकपुर पनि पहिलो जितको लक्ष्यमा छ ।
